यस्तो बन्दैछ एकीकृत पार्टी : दुई अध्यक्ष, २९९ सदस्यीय केन्द्रीय समिति

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १५, २०७४
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं : एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ।
  • केन्द्रमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठिन कार्यदलले ३७ दिन लगाएर बुधबार प्रतिवेदन अन्तिम रूप दिएको छ।
  • यद्यपि कार्यदलको रिपोर्टलाई पार्टी एकता संयोजन समितिले पारित गरेपछि मात्रै विधानका आधारमा एकीकृत पार्टीको संरचना निर्माण हुनेछ।

काठमाडौं : एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ। केन्द्रमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठिन कार्यदलले ३७ दिन लगाएर बुधबार प्रतिवेदन अन्तिम रूप दिएको छ। यद्यपि कार्यदलको रिपोर्टलाई पार्टी एकता संयोजन समितिले पारित गरेपछि मात्रै विधानका आधारमा एकीकृत पार्टीको संरचना निर्माण हुनेछ।

केन्द्रदेखि तल्लो तहको प्रारम्भिक कमिटीसम्म आठ तहका पार्टी संरचना निर्माण गर्ने गरी एकीकृत पार्टीको अन्तरिम विधान तयार भएको छ। आगामी २ वर्षभित्रै एकीकृत पार्टीकोे एकता महाधिवेशन सम्पन्न गरिसक्ने गरी कार्यदलले अन्तरिम विधान तयार पारेको एमाले नेता तथा कार्यदल सदस्य वेदुराम भुषालले जानकारी दिए। २३ अध्याय र ७७ धारामा केन्द्रित गरी कार्यदलले अन्तरिम विधान तयार पारेको छ।

पार्टी एकताका क्रममा सबै नेतालाई समेट्न उमेर हद नलगाउने गरी हाललाई खुला राखिएको छ। तर, दुई कार्यकालभन्दा बढी समय पदाधिकारी रहन नपाउने प्रावधानलाई अन्तरिम विधानमा समेटिएको छ।

कार्यदलले तयार पारेको प्रतिवेदनलाई अब दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले बुझ्ने समय दिएको जुनकुनै बेला पनि बुझाउन सक्ने गरी तयारी अवस्थामा राखिएको कार्यदलका अर्का सदस्य तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए।

‘हाम्रो कार्यदलले काम सम्पन्न गरेको छ, अब उहाँहरू (दुवै पार्टीका अध्यक्ष) ले जहिले माग्नुहुन्छ, वा बुझाउनका लागि समय दिनुहुन्छ त्यही बेला बुझाउन तयारी अवस्थामा छौं’, शर्माले भने।

ओली र दाहाल दुवैले संयोजन गरेको एकता संयोजन समितिले ७ फागुनमा अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा कार्यदल तथा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वको अर्काे कार्यदल गठन गरेको थियो।

संगठनात्मक कार्यदलले आफ्नो प्रतिवेदन तयार पारे पनि अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले अझै आफ्नो काम सकेको छैन। उसले बिहीबार कार्यदलको बैठक बोलाएको छ।

कार्यदलले समयमै आफ्नो काम नसक्दा पार्टी एकता प्रक्रियासमेत प्रभावित हँुदै आएको थियो। संगठनात्मक कार्यदलले अब काम सकेर प्रतिवेदन तयारी अवस्थामा राखेपछि एकता प्रक्रियाले अब गति लिने नेताहरूले बताएका छन्।

आठ तहको पार्टी संरचना

बादल नेतृत्वको कार्यदलले प्रादेशिक राज्य प्रणाली र लेनिनवादी सिद्धान्तलाई मूल आधार बनाएर संगठनात्मक ढाँचा तयार पारेको छ। अन्तरिम विधान तयार पार्दा दुई पार्टीबीच भएका सहमतिलाई पक्रिएर काम गरेको कार्यदलका सदस्य भुषालले बताए।

केन्द्रदेखि तल्लो प्रारम्भिक कमिटीसम्म एकीकृत पार्टी संरचना आठ तहको हुने गरी कार्यदलले संगठनात्मक ढाँचा तयार पारेको हो।

केन्द्रमा दुई अध्यक्षले संयुक्त रूपमा पार्टी अध्यक्षको रूपमा नेतृत्व गर्ने, बैठकको अध्यक्षता आलोपालो प्रणालीका आधारमा गर्ने, अन्य पदाधिकारी नरहने, स्थायी समिति र पोलिटब्युरोको संरचना बनाउने गरी अन्तरिम विधान तयार भएको छ।

केन्द्रीय समिति २९९ सदस्यीय, पोलिटब्युरो केन्द्रीय समितिको एक तिहाइ अर्थात् ९९ सदस्यीय र पोलिटब्युरोको एक तिहाइ स्थायी समिति अर्थात् ३३ सदस्यीय कमिटी रहनेछन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.केसी को अनसन स्थगित
डा.केसी को अनसन स्थगित
इरानमा प्रदर्शन चर्किँदै, सर्वोच्च नेताविरुद्ध पनि नाराबाजी
इरानमा प्रदर्शन चर्किँदै, सर्वोच्च नेताविरुद्ध पनि नाराबाजी
चीनले भन्यो-‘उत्तर कोरियाको विषयमा हामीलाई नजोड्नु’
चीनले भन्यो-‘उत्तर कोरियाको विषयमा हामीलाई नजोड्नु’
वैशाख २९ गतेको राशीफल यस्तो छ, कुन राशीले के गरे आज दिन उत्तम हुने ?
आयआर्जन गर्न एकल महिलालाई तालीम
आयआर्जन गर्न एकल महिलालाई तालीम
पूर्वराजा ज्ञानेन्द्रसँग किन रिसाए उनकै समर्थकहरु ? यस्तो छ कारण
पूर्वराजा ज्ञानेन्द्रसँग किन रिसाए उनकै समर्थकहरु ? यस्तो छ कारण
३९–४० डिग्रीसम्म अत्यधिक गर्मीले मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर !
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको निर्देशनः खादामालामा भुल्ने समय छैन, परिणाम दिनेगरी काम गरौँ
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको निर्देशनः खादामालामा भुल्ने समय छैन, परिणाम दिनेगरी काम गरौँ
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने

तपाईंले छुटाउनुभयो कि?