यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

सारांश

  • काठमाडौं।
  • विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ।
  • विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो।

काठमाडौं। विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ। विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो।

घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढी पहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस घटेकाले राजधानीमा चहलपहल देखिएको हो। राजधानी बाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो।

राजधानीमा चहलपहल बढेपछि सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो। ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ।

राजधानीका धेरै स्थानमा टीका लगाउन हिँड्नेले पनि यस वर्ष विगतमा भन्दा सहजै सार्वजनिक यातायात भेटिएको प्रतिक्रिया दिए। विगत वर्षमा विजयादशमीका दिन रत्नपार्कबाट नैकाप जाने सवारी नपाइने गरेकामा यस वर्ष सहजै पाइएको जगदीश भण्डारीले अनुभव सुनाए।

बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रुमात्र राजधानी बाहिर गएका हुन्। समाजशास्त्री कीर्तिकुमार दुमी राई भने धेरै नेपाली परिवारसहित राजधानी बस्ने क्रम बढेकाले पनि कम यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको बताउँछन्।

राजधानी, ठूला शहर र सदरमुकाम केन्द्रित बसोवास गर्नेको संख्या बढिरहेको उनले सुनाए। यसैले गर्दा पनि यस वर्षको विजयाशमीमा राजधानीमा बढी चहलपहल देखिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
बरुणको ‘जुडवा २’ तापसी र ज्याकलिनको बोल्ड अवतार
बरुणको ‘जुडवा २’ तापसी र ज्याकलिनको बोल्ड अवतार
काँग्रेसद्वारा आज १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन
काँग्रेसद्वारा आज १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
सजिलोको लागि खोलिएको कार्यालयमा सेवाग्राहीलाई उल्टै सास्ती
सजिलोको लागि खोलिएको कार्यालयमा सेवाग्राहीलाई उल्टै सास्ती
निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा
निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने
नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने
आईपीएलको इतिहासमै महँगा खेलाडी बने मिचेल स्टार्क
आईपीएलको इतिहासमै महँगा खेलाडी बने मिचेल स्टार्क