युनाइटेड माथि आर्सनलको ४-१ को सानदार जीत

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १९, २०७९
|
|
५१ पटक हेरिएको
Shares
युनाइटेड माथि आर्सनलको ४-१ को सानदार जीत

सारांश

  • काठमाडौं।
  • इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ।
  • आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४-१ को सानदार जित दर्ता गर्दै शिर्षस्थान कायमै राखेको हाे।

काठमाडौं। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ। आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४-१ को सानदार जित दर्ता गर्दै शिर्षस्थान कायमै राखेको हाे।

इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको एक पक्षीय खेलमा घरेलु टोली आर्सनलले खेलको ३५औं मिनेटमा जेससको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। गाब्रिएल मार्टिनेलीको पासलाई सदुपयोग गर्दै ४७औं मिनेटमा बेन ह्वाइटले आर्सनलको पहिलाे हाफमा नै अग्रतालाई दोब्बर पारे।

पहिलो हाफमा दोब्बर अग्रताले अघि बढेको आर्सनल दोस्रो हाफको ५५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनललाई सहज जिततर्फ अग्रसर गराए। तर, ७६औं मिनेटमा युनाईटेडका रसमुसले गोल गर्दै खेललाई ३-१ ले स्थितिमा ल्याए पनि खेल सकिनु केही समय अघि अर्थात ८४औं मिनेटमा ग्रानिट झाँकाले मार्टिन ओडेगार्डको पासमा गोल गदै आर्सनललाई ४-१ को सानदार जित दिलाउन सफल भए।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अंककै अग्रता कायमै राख्न सफल भएको छ। जसअनुसार आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ। एक खेल कम खेलेको सिटीको आर्सनललाई पछयाउँदै ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ। पराजित लिड्स भने २६ अंक जोडेर १६औं स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ
नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ
बारुद गोदाममा विस्फोट हुँदा दश जनाको मृत्यु
बारुद गोदाममा विस्फोट हुँदा दश जनाको मृत्यु
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
आज अन्तर्राष्ट्रिय बालिका दिवस
आज अन्तर्राष्ट्रिय बालिका दिवस
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !
ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !
परराष्ट्रमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता, यस्ताे भयाे छलफल
परराष्ट्रमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता, यस्ताे भयाे छलफल
पूर्वराष्ट्रपति यादवले भनेः प्रजातन्त्रमाथि खतरा देखियो
पूर्वराष्ट्रपति यादवले भनेः प्रजातन्त्रमाथि खतरा देखियो
बिम्स्टेकको चौथो शिखर सम्मेलन, सम्मेलनलाई वैभवशाली बनाउन यस्ताे छ नेपालकाे तयारी !
बिम्स्टेकको चौथो शिखर सम्मेलन, सम्मेलनलाई वैभवशाली बनाउन यस्ताे छ नेपालकाे तयारी !

तपाईंले छुटाउनुभयो कि?