युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १७, २०७९
|
|
३० पटक हेरिएको
Shares
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी

सारांश

  • ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छिन् ।
  • असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसमा युवासंघका केन्द्रीय सदस्य हिकमत बोहरा उर्फ हिलारीले आफूलाई दुव्र्यवहार गरेको जुरेलीको आरोप छ ।
  • रेस्लर अस्मिता जुरेलीले दिएको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।

ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छिन् । असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसमा युवासंघका केन्द्रीय सदस्य हिकमत बोहरा उर्फ हिलारीले आफूलाई दुव्र्यवहार गरेको जुरेलीको आरोप छ ।

रेस्लर अस्मिता जुरेलीले दिएको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । आरोपी बोहरा बझाङका हुन् ।

ललितपुर महानगरपालिका–२२ स्थित फर्सिडोलमा हिलो खेतमा जुरेलीमाथि दुर्व्यवहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?