यूएईविरुद्धको टी–२० शृङ्खला पनि जित्दै नेपालले रच्यो इतिहास

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
यूएईविरुद्धको टी–२० शृङ्खला पनि जित्दै नेपालले रच्यो इतिहास

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

यूएईविरुद्धको टी–२० सिरिज पनि नेपालले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा १४ रनको जित निकाल्दै नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

आज दुबईमा पानी परेपछि १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । सुरुआत त्यति राम्रो गर्न नसकेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रनको शानदार पारि खेल्यो । आजको इनिङमा तीन बल खेलेका पवन खातानै खोल्न नसकि आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लले ९ बल खेल्दा २ चौकाको मद्दतले ११ रन जोडे । दीपेन्द्रसिंह ऐरी आज भने चल्न सकेनन् ।

दोस्रो टी–२० मा उत्कृष्ट पारी खेल्दै नेपाललाई जिताएका दीपेन्द्र आज भने २ रन जोडेर फर्किए । २१ रन बनाउँदा दीपेन्द्र आउट भएपछि पारस र सन्दीप जोराल नेपालको इनिङ उकासेका थिए । आक्रामक ब्याटिङ गरेका पारस १४ बलमा ४ चौका र १ छक्काको मद्दतले २९ रन जोडे । पारस आउट भएपछि क्रिजमा आएका विनोद भण्डारी र जोराले पनि दुवै तर्फबाट आक्रामक पारि खेलेका थिए । सन्दीपले ११ बलमा तीन छक्काको मद्दतले २८ रन बनाए ।

विनोद भण्डारीले १३ बलमा २१ रन बनाउँदा २ चौका र एक छक्का प्रहार गरे । पाँच बलमा करण केसील १० रनको योगदान गर्दा नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाउन सफल भयो । यूएईका सुल्तान अहमद र मोहमद नाभिदले दुई-दुई विकेट लिए ।

१०५ रनको लक्ष्य पछ्याएको यूएईले सुरुआत राम्रो गरेको थियो । पहिलो विकेटका लागि २९ रनमो पहिलो विकेट गुमाएको थियो । पहिलो ओभरमै सन्दीप लामिछानेले २० रन खर्चँदा नेपाल दबाबमा परेको थियो । दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले नेपालाई पहिलो सफलता दिलाएका थिए ।

टिमको स्कोर ५७ पुग्दा गुलाम शैबर आउट भए । आक्रामक व्याटिङ गरेका शैबरको व्यक्तिगत २५ रन हुँदा अभिनास बोहराको बलिङमा बोल्ड हुन पुगे । तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका थिए । उनले मोहमद उस्मानलाई २ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गरे । ३० रन बनाएरु खेलीरहेका शाइमान अनवारलाई अभिनास बोहराले आउट गर्दा यूएईले टीमको स्कोर ७२ पुर्याएको थियो ।

करण केसीले नै मोहमद नाभिदलाई आउट गरे । सातौं सफलताको रुपमा ललितनारायण राजबंशीले सिपी रिजवानलाई आउट गरेका थिए । यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्याे । नेपालका लागि करण केसी, ललितनारायण राजबंशी र अभिनास बोहराले दुई-दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले एक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ
महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ
दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
वालुवाटारको जग्गा प्रकरणले ल्याएको तरंग
वालुवाटारको जग्गा प्रकरणले ल्याएको तरंग
सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
राष्ट्रहितका प्रस्ताव आए एमालेले संसद् चल्न दिने
राष्ट्रहितका प्रस्ताव आए एमालेले संसद् चल्न दिने
मुख्यमन्त्री शेरधन राईलाई बम आक्रमणबाट बचाउने असईको बढुवा !
मुख्यमन्त्री शेरधन राईलाई बम आक्रमणबाट बचाउने असईको बढुवा !
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट