यो सरकार असफल भए हामी पनि सकिन्छौँः प्रम ओली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १७, २०७६
|
|
३२ पटक हेरिएको
Shares
यो सरकार असफल भए हामी पनि सकिन्छौँः प्रम ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार असफल भए आफूहरु सिद्धिने बताएका छन् ।
  • नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै उनले सरकारलाई सफल बनाउनुको विकल्प नभएको भन्दै गल्तीलाई औल्याउने र राम्रा कामलाई प्रोत्साहित गर्न आग्रह समेत गरेका थिए ।
  • बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले सरकारको सफलता असफलतामै नेपाल कम्युनिष्ट पार्टीको सफलता वा असफलता निर्भर रहेको भन्दै आ आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार असफल भए आफूहरु सिद्धिने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै उनले सरकारलाई सफल बनाउनुको विकल्प नभएको भन्दै गल्तीलाई औल्याउने र राम्रा कामलाई प्रोत्साहित गर्न आग्रह समेत गरेका थिए ।

बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले सरकारको सफलता असफलतामै नेपाल कम्युनिष्ट पार्टीको सफलता वा असफलता निर्भर रहेको भन्दै आ आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक सांसदले भने, सरकार असफल भए हामी पनि सिद्धिन्छौं ।

ओलीले सरकारले ल्याएको विधेयकको बचाउ गरेका थिए । सरकारमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको भन्दै सबै मिलेर सामना गर्नुपर्ने बताएका थिए । पार्टी एकता चाँडै टुंगिने भन्दै सबै एक भएर जानुपर्नेमा जोड दिएका थिए । बैठकमा सोमबार २९ जना सांसदले सरकारको कामकारबाहीको टिपप्णी गर्नुका साथै सुझाव दिएका थिए ।

अधिकांश सांसदले सरकारको कामकारबाहीको आलोचना गरेका थिए । पार्टीमा गम्भीर छलफल नगरी सरकार अगाडि बढ्न खोजेको भन्दै सांसद घनश्याम भुषाले चर्को आलोचना गरेका थिए । उनले बैठकको औचित्यमाथि प्रश्न गरेका थिए । नेकपा सांसदले पहिलोपटक संसदीय दलको बैठकमा सोमबार बोल्न पाएका हुन् ।

बाबुराम छोडेर प्रचण्ड तिर करिष्मा !
हालै एसइइ उतिर्ण गरेर चर्चामा आएकी सदाबहार अभिनेत्री तथा तत्कालिन नयाँ शक्ति, पार्टी नेपालकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध अन्त्य गरेकी करिश्माले अन्ततः बाबुरामकै पूराना सहयात्री प्रचण्डसँग सम्बन्ध विस्तार गरेकी छिन् ।

नयाँ शक्तिमा सुरुवातदेखि नै लागेकी करिश्माको राजनीतिक मोह त्यतिवेला भंग भयो, जतिवेला उनले नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएर गठन भएको नयाँ पार्टी समाजवादी पार्टी, नेपालमा कुनै भूमिका पाईनन् । बाबुरामले पनि करिश्मालाई जिम्मेवारी दिलाउन मरिहत्ते गरेनन । त्यही भएर मानन्धर बाबुरामसँग चिढिएको कुरापनि बाहिर आएको थियो । तर, बाबुरामले भने करिश्माले साथ छोडेकोमा कुनै पछुतो मानेका छैनन । बरु, खुशी नै व्यक्त गरेका छन् ।

हालैमात्रै एसईई उत्तिर्ण भएकी नायिका करिश्माको धोको भनेको मास्टर्सदेखि पिएचडी गर्नेसम्मको रहेको छ । उनी पूनः राजनीतिमा सक्रिय हुनेछिन । प्रचण्डसँगको भेटवार्तापछि करिश्मा नेकपामा प्रवेश गर्ने निश्चित प्रायः भएको स्रोतको दाबी छ ।

काठमाडौँमा बिजुली बस चल्यो
प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालि बीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ । सोमबार एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।

ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?