‘यौनकर्मी’ नल्याएको भन्दै सुरक्षा गार्डको हत्या

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ११, २०७५
|
|
५६ पटक हेरिएको
Shares
‘यौनकर्मी’ नल्याएको भन्दै सुरक्षा गार्डको हत्या

सारांश

  • विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ।
  • हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो।
  • भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए।

विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ।

हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए।

प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर-१५ बाट पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यापछि फरार रहेका सहनीको घटनामा संलग्नता पुष्टि भएपछि पक्राउ परेका हुन्। उनका अनुसार भट्टराई र सहनीबीचको चिनजान पुरानै हो।

भट्टराईको शव हार्डवेयर भित्रै बिभत्स अवस्थामा भदौ ३ गते भेटिएको थियो। उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको प्रहरीले जनाएको छ। राति हार्डवेयरमा बसेका भट्टराईको हत्या भएको हो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
कोरोनाको कहरः एक लाख १४ हजार संक्रमित, ४ हजार बढीको मृत्यु
कोरोनाको कहरः एक लाख १४ हजार संक्रमित, ४ हजार बढीको मृत्यु
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा  अाउनुहाेस’
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा अाउनुहाेस’
एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री
एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री
पोन्टिङको टोलीमा सन्दिप लामिछाने
पोन्टिङको टोलीमा सन्दिप लामिछाने
छोटो समयका ब्यस्त गायक चिरन्जीवी
छोटो समयका ब्यस्त गायक चिरन्जीवी
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’  स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’ स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।

तपाईंले छुटाउनुभयो कि?