सुशासन र समृद्धिका लागि शिक्षा क्षेत्रको भूमिका अग्रणी: प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
४९ पटक हेरिएको
Shares
सुशासन र समृद्धिका लागि शिक्षा क्षेत्रको भूमिका अग्रणी: प्रधानमन्त्री

सारांश

  • पोखरा ।
  • प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
  • पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी, ढुङ्गेपाटनमा सम्बोधन गर्दै उनले सरकार संविधानको व्यवस्था अनुरुप निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको बताए ।

पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी, ढुङ्गेपाटनमा सम्बोधन गर्दै उनले सरकार संविधानको व्यवस्था अनुरुप निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको बताए ।

सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवम् समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताउँदै विश्वविद्यालयका कुलपतिसमेत रहेका उनले शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावहरूको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्ने बताए । विश्वविद्यालयबाट दीक्षित विद्यार्थीले विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्र्ने विश्वास व्यक्त गर्दै उनले भने, “विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमबाट स्वदेशमा नै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाइँहरूको काँधमा छ । ”

भूकम्प, कोभिड, रसिया युक्रेनयुद्ध लगायतले विश्वव्यापी अर्थतन्त्रमा पारेको असर र त्यसबाट नेपालको अर्थतन्त्रमा पारेको बाछिटालाई न्यूनीकरण गर्न राज्यले तपाईहरूको ज्ञान र सीपको अपेक्षा गरेको उनको भनाइ थियो । “अर्कोतर्फ वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउन सक्ने सङ्कटबाट मुलुकलाई जोगाउने जिम्मेवारी तपाईहरूको काँधमा आएको छ”, प्रधानमन्त्री दाहालले भने ।

विश्वविद्यालायबाट प्राप्त ज्ञानलाई मुलुकमा उत्पादन, रोजगारी सिर्जना, शान्ति, स्थिरता र समग्र विकासको क्रमसँग जोड्न सक्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि सिकाइलाई जीवनपर्यन्त प्रयोगमा ल्याउने, भावी पुस्तालाई उक्त ज्ञानको हस्तान्तरण गर्ने र नवप्रवर्तन र उद्यमशीलता प्रयोग गरी समाजको रुपान्तरणमा ठोस् योगदान पुर्याउनुपर्ने बताए । विभिन्न विधामा प्राप्त सैद्धान्तिक एवम् व्यावहारिक ज्ञानलाई मुलुककको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा देखिएका चुनौतीलाई सामाना गर्दै अवसरमा बदल्नुपर्ने बेला आएको उनले बताए ।

राज्यले प्राथमिकता क्षेत्र निर्धारण गरेका विषयमा अध्ययन अध्यापन तथा अनुसन्धानलाई जोड दिँदै शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई सम्बोधन गरी विश्वविद्यलायले आफ्ना नीति तथा कार्यक्रमलाई विस्तार गर्नुपर्ने उनको भनाइ थियो । बर्सेनि सीमान्त्कृत, पिछडिएका विपन्न परिवारका सयौँको सङ्ख्यामा विश्वविद्यालयले निःशुल्क छात्रवृत्ति दिनु सामान्य विषय नभएको भन्दै उनले विश्वविद्यालयको उद्देश्यलाई राज्यका तर्फबाट पूर्ण समर्थन र सहयोग रहने विश्वास व्यक्त गरे । आफू कास्कीमा नै जन्मेको उल्लेख गर्दै उनले यो जिल्ला शिक्षा, स्वास्थ्य, पर्यटन र साहसिक खेलको धेरै सम्भावना बोकेको ठाउँ भएको बताए । “पोखरा विश्वविद्यालयले अन्य विश्वविद्यालयको तुलनामा शैक्षिक र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्दछ भन्ने कुरामा विमति छैन”, उनले भने ।

विश्वविद्यलायले ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गरी विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवद्र्धनात्मक, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानवसंशाधन विकास गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए । उक्त अवसरमा प्रधानमन्त्री दाहालले विभिन्न विधामा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पदक प्रदान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ३ को बस्तुस्थिति : ९ सय ६५ वटा उद्योग, ४९ हजार रोजगार
प्रदेश ३ को बस्तुस्थिति : ९ सय ६५ वटा उद्योग, ४९ हजार रोजगार
कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत
कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत
डेङ्गुको डरले चितवनमा पर्यटक आएनन्
डेङ्गुको डरले चितवनमा पर्यटक आएनन्
सर्लाहीमा एमालेलाई एक पालिका
सर्लाहीमा एमालेलाई एक पालिका
नेकपाकाे चियापानमा प्रचण्डकाे यस्ताे खुलासा !
नेकपाकाे चियापानमा प्रचण्डकाे यस्ताे खुलासा !
भवन निर्माणमा लागि पाँचदेखि १५ करोडसम्म
भवन निर्माणमा लागि पाँचदेखि १५ करोडसम्म
घरको मुल ढोका बन्द रहेको अवस्थामा कसरि भयाे झाको हत्या ?
घरको मुल ढोका बन्द रहेको अवस्थामा कसरि भयाे झाको हत्या ?
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
विप्लव समूहको बन्दको मुलुकभर प्रभाव
विप्लव समूहको बन्दको मुलुकभर प्रभाव
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल

तपाईंले छुटाउनुभयो कि?