रक्सी खाएपछि बञ्चरोले हानेर श्रीमतीको हत्या
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं । कपिलवस्तुमा एक व्यक्तिले रक्सीको मातमा बन्चरोले हानेर श्रीमतीको हत्या गरेका छन् । कपिलवस्तु शिवराज नगरपालिका–१ बंसबासमा बञ्चरोले हानेर वसन्त परियारले ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
आइतबार राति ११ बजे झगडा हुँदा ४० वर्षीय मजदूरी गरी खाने वसन्तले रक्सी खाएर आइ बन्चरो हानेको बताइएको छ ।
परियारका दुई छोरा र एक छोरी सुतिसकेको बेला झगडा भएपछि बञ्चरोले हानी मारेका थिए । हत्या गरेर वसन्त फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
सुमित्राको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।
प्रतिक्रिया