रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने: रविले न्याय पाउनुपर्छ !

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ७, २०७६
|
|
५५ पटक हेरिएको
Shares
रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने:  रविले न्याय पाउनुपर्छ !

सारांश

  • नेपाली चलचित्रका कलाकारहरुले प्रहरी हिरासतमा रहेका सिधा कुरा जनता सङ्गका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् ।
  • शनिबार राजधानीको रिपोर्टर्स् क्लबमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले रवि लामिछानेको रिहाईको माग समेत गरेका थिए ।
  • अन्तरक्रियामा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरी लगायत  कार्यक्रममा सहभागी सबै कलाकारले  रवि लामिछाने भोलि रिहाई हुने कामना गरेका थिए ।

नेपाली चलचित्रका कलाकारहरुले प्रहरी हिरासतमा रहेका सिधा कुरा जनता सङ्गका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । शनिबार राजधानीको रिपोर्टर्स् क्लबमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले रवि लामिछानेको रिहाईको माग समेत गरेका थिए । अन्तरक्रियामा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरी लगायत  कार्यक्रममा सहभागी सबै कलाकारले  रवि लामिछाने भोलि रिहाई हुने कामना गरेका थिए ।

‘हामी रविजीको पक्षमा एकजुट हौं, धेरै विश्लेषण नगरौं’ : निखिल उप्रेतीले  भने,‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनको भनाई छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए । उनले अघि थपे,‘रविजी त पपुलर हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् ।कानूनको व्याख्या नै गलत छन् भने कानूनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं । रविजीलाई मात्रै होईन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । क्राईम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’ उनले नेपालमा सही व्यक्ति र पार्टीको रंग नलागेको व्यक्तिलाई अप्ठ्यारो अवस्था रहेको सुनाए । उनले भने,‘रविजीको हकमा कानूनले सही तरिकाले निर्णय होस् । सत्य, तथ्य कुरा जनताकहाँ पुगोस् । हामीले रविजीलाई साथ दिनुपर्छ । तर, यो केशमा राजनीतिकरण नहोस् ।’

https://youtu.be/AbKUJR36MV8

त्यस्तै कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने, ‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निश्पक्ष होस । बिना कुनै दबाब काम गर्न दिईयोस् । यो देशमा अदालत छ । श्रीमान हुनुहुन्छ । यो केश कोर्टमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन् ।’

उनले रवि लामिछाने स–सम्मान छुट्नुहोस भनेर प्रार्थना गर्न आग्रह गरे । तर, यो प्रकरणमा दोषी भए रविले पनि सजाय पाउनुपर्ने उनको भनाई । उनले थपे, ‘उहाँ पनि कानूनभन्दा माथि हुनुहुन्न ।’ यद्धपी उनले हिरासतभन्दा बाहिर राखेरपनि रवि लामिछानेमाथि छानबिन गर्न सकिनेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए ।

उक्त कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वस दिलाए । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । उनले भने,‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ भनेका थिए ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं ९ मा कांग्रेस र वाम गठबन्धनको कडा प्रतिस्पर्धा
काठमाडौं ९ मा कांग्रेस र वाम गठबन्धनको कडा प्रतिस्पर्धा
डोल्पावासीको चामल दुईवर्षदेखि काठमाडौँमै
यसरि पुरा गरे प्रचण्डले बाचा !
यसरि पुरा गरे प्रचण्डले बाचा !
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु,  प्यानल नै निर्बिरोध !
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु, प्यानल नै निर्बिरोध !
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
कार्यालयले सरुवापत्र दिन नमान्दा स्वास्थ्यकर्मीलाई समस्या
कार्यालयले सरुवापत्र दिन नमान्दा स्वास्थ्यकर्मीलाई समस्या
देउवा सरकारले सदरमुकाम सारिदिएपछि रुकुमकोटवासी आक्रोशित, ठप्प रुकुमकोट
देउवा सरकारले सदरमुकाम सारिदिएपछि रुकुमकोटवासी आक्रोशित, ठप्प रुकुमकोट
पत्रकार रिजाललाई आर्थिक सहयोग
पत्रकार रिजाललाई आर्थिक सहयोग
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
भक्तपुरमा एकैदिन १७ जना कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?