पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १०, २०७६
|
|
४६ पटक हेरिएको
Shares
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

सारांश

  • पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
  • शल्यक्रिया गरी शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका ओलीलाई शाहले स्वास्थ्यलाभको कामनासहितको सन्देश पठाएका हुन् ।
  • मंगलबार साँझ पूर्व राजा शाहका विशेष दूतका रुपमा पशुपतिभक्त महर्जन अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गरेका हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । शल्यक्रिया गरी शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका ओलीलाई शाहले स्वास्थ्यलाभको कामनासहितको सन्देश पठाएका हुन् ।

मंगलबार साँझ पूर्व राजा शाहका विशेष दूतका रुपमा पशुपतिभक्त महर्जन अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गरेका हुन् । महर्जनले ओलीलाई भेट्न नपाएपछि निकटस्थहरुलाई भेटे । उनले चिकित्सकसँग भेटेर स्वास्थ्यस्थितिबारे बुझे ।

महर्जन अस्पतालबाट फर्किएर सिधै पूर्व राजासमक्ष पुगेर अवस्थाबारे जानकारी गराए । गणतन्त्र स्थापनापछि पनि पूर्व राजा विशिष्ट व्यक्तिहरुको दुःख सुखमा सामेल हुनेगरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?