रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ८, २०८१
|
|
३५ पटक हेरिएको
Shares
रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

सारांश

  • काठमाडौं। कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा.

काठमाडौं। कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार साँझ काठमाडौंको थलीबाट पक्राउ गरेको हो ।

भुसालले प्रहरीको सिसिटिभीमा देखिएको लामिछानेको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्वीकार गरेका छन् ।

गत शनिबार लामिछानेलाई भेट्न जाने क्रममा प्रहरीकै सिसिटिभीमा सुतिरहेको देखेपछि आफूले तस्बिर खिचेको बताएका थिए । उनले फेसबुक लाइभ मार्फत भनेका थिए- ‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यतिबेला कसैले केही भनेन । गल्ती भयो ।’

फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए । त्यसपछि कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदमले साइबर कानुनको उल्लंघन गरेको जनाएको थियो । पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने भएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binance推荐代码

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा
पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा
रुपन्देहीका दुई जनामा स्वायनफ्लुको संक्रमण
कोरोना सङ्क्रमणबाट दुई जनाको निधन
कोरोना सङ्क्रमणबाट दुई जनाको निधन
सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत
सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत
भिसा पाएपछि आजै अमेरिका जाँदै सन्दीप
भिसा पाएपछि आजै अमेरिका जाँदै सन्दीप
प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन
प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन
रियल मड्रिडको दोस्रो जित
रियल मड्रिडको दोस्रो जित
सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे
सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे
5 Benefits of Dancing
5 Benefits of Dancing
सलमानलाई सार्वजनिक स्थानमा कुट्नेलाई २ लाख
सलमानलाई सार्वजनिक स्थानमा कुट्नेलाई २ लाख

तपाईंले छुटाउनुभयो कि?