रसुवामा आयुर्वेद उपचार प्रभावकारी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
५९ पटक हेरिएको
Shares
रसुवामा आयुर्वेद उपचार प्रभावकारी

सारांश

  • रसुवा ।
  • आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी यसतर्फ आकर्षित भएका छन् ।
  • रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् ।

रसुवा । आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी यसतर्फ आकर्षित भएका छन् ।
रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् ।

सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ भने अन्य औषधि पनि जिल्ला आयुर्वेदभित्रै उपलब्ध हुन थालेकाले उपचार गराउनेको सङ्ख्या बढ्न थालेको छ ।

विसं २०५७ मा धुञ्चेमा जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना भएको थियो । उक्त केन्द्रले औषधिका साथै शारीरिक व्यायामलाई पनि जोड दिँदै आएको छ। पछिल्लो समय कार्यालय प्राङ्गणमा नियमित व्यायाम गराउन थालिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

गत साउनदेखि हालसम्म चार हजार दुई सय १५ महिलासहित सात हजार आठ सय नौ जनाले आयुर्वेदिक सेवा लिएका छन्। जिल्लावासीको आकर्षण बढ्न थालेकाले जङ्गलमै खेर गइरहेका जडिबुटी उपभोग सम्बन्धी प्रशिक्षण दिनुपर्ने आवश्यकता बढेको स्वास्थ्यकर्मीको भनाइ थियो ।

उपचारका लागि गानुगोलालगायत पेटसम्बन्धी, हाडजोर्नी तथा नसा, मलद्वार, पाइल्स, फिस्टुला, फिसर, मधुमेह, उच्च रक्तचाप, थाइराइट, दम, पिनास, माइग्रेन, टाउको दुख्नेलगायत विरामी आउने गरेको उक्त केन्द्रका निमित्त प्रमुख डा चन्द्रवली शाहले बताए ।

उनले नागरिकलाई प्रभावकारी उपचार दिने उद्देश्यले औषधिसहित स्वास्थ्यकर्मी तयार गरिएकाले कुनै रोग लागेमा वा लाग्न सक्ने सङ्केत देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन
अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव
प्रधानमन्त्रीसँगै ४ मन्त्री पनि भारत जाँदै
प्रधानमन्त्रीसँगै ४ मन्त्री पनि भारत जाँदै
बैतडीका तीन युवती बेपत्ता
बैतडीका तीन युवती बेपत्ता
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
अयोग्य र इमानन्दार नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री विरुद्ध मुद्दा
अयोग्य र इमानन्दार नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री विरुद्ध मुद्दा
बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा एकको ज्यान गयाे
बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा एकको ज्यान गयाे
आज कति छ विदेशी मुद्राको विनिमय मूल्य ?
आज कति छ विदेशी मुद्राको विनिमय मूल्य ?

तपाईंले छुटाउनुभयो कि?