रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
४७ पटक हेरिएको
Shares
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )

सारांश

  • काठमाडौं।
  • दुबईमा इमिरेट एयरलाइन्सको फइट ए ३८० विमान विमानस्थलमा रहस्यमय प्रवेशले सबैको ध्यान केन्द्रित गरेको छ।
  • अन्तर्राष्ट्रिय संचारमाध्यममा यो भिडियोको चर्चा निकै भइरहेको छ।

काठमाडौं। दुबईमा इमिरेट एयरलाइन्सको फइट ए ३८० विमान विमानस्थलमा रहस्यमय प्रवेशले सबैको ध्यान केन्द्रित गरेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यममा यो भिडियोको चर्चा निकै भइरहेको छ।यो भिडियो भाइरल भएपछि इमिरेटको फ्लाइटलाई मानिसहरुले ‘आकाशकी रानी’ नामबाट बोलाउन थालेका छन्। ११ सेकेण्डको यो जादुमयी भिडियो वास्तवमै चकित पार्ने खालको छ।

इमिरेट एअरलाईन्सले आफ्नो ट्विटरमा यो भिडियो शेयर गरेको थियो, जुन हेर्दा हेर्दै भाइरल भएको थियो। ११ सेकेण्डको यो जादुमयी अद्भुत भिडियो यो समाचार तयार पर्दासम्म ६३ हजारले हेरिसकेका छन्।भिडियोमा सुरुवातको एक सेकेण्डमा आकाश खाली देखिन्छ। फेरि अर्को सेकेण्डमा अचानक बादलकाबीचबाट जहाज निस्किँदै गरेको देखिन्छ, जुन अविश्वसनीय लाग्छ। फ्लाइट ए ३८० सन २००८ देखि ५० भवन र ७३ विमानस्थल हुँदै दश करोड ५० लाख यात्रीलाई गन्तव्यसम्म पुर्याइरहेको छ।

विमानस्थलमाथि मडारिएको बादललाई स्ट्रयाटस बादल भनिन्छ। यो बादल ० देखि १२०० फिटको उचाइसम्म देख्न सकिन्छ। स्ट्रयाटस ल्याटिक शब्द हो जसको अर्थ फैलिएको भन्ने हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?