स्वकीय सचिव पक्राउ गर्न लगाएपछि सचिव सरुवा !
सारांश
- सुर्खेत, १० जेठ ।
- कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवाद छताछुल्ल भएपछि मन्त्रीका पिए थुनाउने सचिव सरुवा भएका छन् ।
- मन्त्रालय सचिव विद्यानाथ झा केन्द्रीय मन्त्रालयमा सरुवा भएका हुन् ।
सुर्खेत, १० जेठ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवाद छताछुल्ल भएपछि मन्त्रीका पिए थुनाउने सचिव सरुवा भएका छन् ।
मन्त्रालय सचिव विद्यानाथ झा केन्द्रीय मन्त्रालयमा सरुवा भएका हुन् ।
उनको ठाउँमा केन्द्रिय वन मन्त्रालयका सचिव धिरेन्द्र प्रधान आएका छन् ।उनी आइतबार मन्त्रालयमा हाजिर हुँदैछन् ।
लामो समयदेखी मन्त्रालयका मन्त्री नन्दसिंह बुढा र सचिव झाविच बोलचालै बन्द थियो ।
मन्त्रालयका मन्त्री नन्दसिंह बुढालाई सचिव विद्यानाथ झाले असहयोग गर्दै आइएको आरोप लगाउँदै आएका थिए । सचिवले पनि मन्त्रीले गरेको अनावश्यक खर्चमा अख्तियारी मागेको आरोप लगाएका थिए ।
तर बुधबार मन्त्रीका स्वकीय सचिव डम्बर बुढालाई सचिव झाले प्रहरीलाई बोलाएर पक्राउ गर्न लगाएपछि मन्त्रालयभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।
प्रतिक्रिया