अधिकारकर्मी भुजेलको हत्याका अभियुक्त सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २१, २०७६
|
|
५५ पटक हेरिएको
Shares
अधिकारकर्मी भुजेलको हत्याका अभियुक्त सार्वजनिक

सारांश

  • अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका पाँचजनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
  • पक्राउ पर्नेमा हेटौँडा–४ का १८ वर्षीय हापु भन्ने सिमोन परियार, सोही ठाउँका २४ वर्षीय घनटाउके भनिने सुशील थापा रहेका छन् ।
  • हत्या गरिएकी भुजेलको मोबाइल प्रयोग गरेकामा महिलासहित अन्य तीनजनालाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका पाँचजनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–४ का १८ वर्षीय हापु भन्ने सिमोन परियार, सोही ठाउँका २४ वर्षीय घनटाउके भनिने सुशील थापा रहेका छन् । हत्या गरिएकी भुजेलको मोबाइल प्रयोग गरेकामा महिलासहित अन्य तीनजनालाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार भुजेललाई हेटौँडा–११ स्थित थानाभ¥याङमा ना६ख नंको ट्रकमा राखी हापु भन्ने सिमोन परियार, सुशील थापा र अन्य दुईजनासमेत मिलेर सामूहिक रुपमा यौन सम्पर्क गरेको र त्यसबापत भुजेलले रु सात हजार मागेपछि विवाद भएको र गाडीमा प्रयोग हुने बिजुलीको तारले घाँटीमा कसेर मारेको त्यसपछि त्यही गाडीमा राखेर छ किलोमिटर पूर्व क्याम्पाडाँडास्थित कान्तिराजपथमा फालेको उनीहरुले बताएका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो ।

यही माघ ४ गते हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडामा एउटा शव फेला प¥यो । मृतकको शरीरमा नीलडाम देखिन्थ्यो भने घाँटीमा बिजुलीको तार बेरिएको र शरीर पूर्णरुपमा नग्न अवस्थामा रहेको थियो । शव भेटिएको केहीबेरमै लैंङ्गिक, अल्प सङ्ख्यकहरुको क्षेत्रमा क्रियाशील अधिकारकर्मी अजिता भुजेल रहेको थाहा भयो । भुजेल मकवानपुरबाट तेस्रोलिङ्गीका रुपमा नागरिकता लिने पहलो व्यक्ति पनि थिइन् ।

घटनापछि प्रहरीले धेरैलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो भने केहीलाई निगरानीमा राखेरसमेत अनुसन्धान गरेको थियो । प्रहरीले घटना घटेको दिन तथा त्यसअघिका टेलिफोन विवरण, सिसी टिभीहरुमा रेकर्ड भएका भिडियो क्लिपहरु आदिको अध्ययन गरेर अनुसन्धानलाई सफल बनाउने प्रयास गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुक्तिनाथमा मोदीको अभिनन्दन तयारी : मन्दिर रंगरोगनदेखि ‘मिनी आइसियु’ सम्म
मुक्तिनाथमा मोदीको अभिनन्दन तयारी : मन्दिर रंगरोगनदेखि ‘मिनी आइसियु’ सम्म
दुईवटा खोप मिस्क गरेर दिने निर्णय
भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो
भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो
बालिका हत्यारा साहलाई जन्मकैदको फैसला
बालिका हत्यारा साहलाई जन्मकैदको फैसला
15 Courting Apps For The Over 40 Crowd
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
प्रदेश सभामुख अधिकारीलाई महराद्वारा स्वास्थ्यलाभको कामना
प्रदेश सभामुख अधिकारीलाई महराद्वारा स्वास्थ्यलाभको कामना
राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य
राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?