नवलपरासीम बस दुर्घटना, ६ को मृत्यु, ५९ घाइते
सारांश
- नवलपरासीको मध्यविन्दु नगरपालिका एघार अरुणखोलामा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा परी ५९ जना घाइते भएका छन् ।
- इटहरीबाट भैरहवा जाँदै गरेको लु१ ख ८४ ५४ नम्बरको बस आज बिहान ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास र अरुणखोला बीचको बाहुने कुना नजिक दुर्घटना भएको हो ।
नवलपरासीको मध्यविन्दु नगरपालिका एघार अरुणखोलामा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५९ जना घाइते भएका छन् । इटहरीबाट भैरहवा जाँदै गरेको लु१ ख ८४ ५४ नम्बरको बस आज बिहान ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास र अरुणखोला बीचको बाहुने कुना नजिक दुर्घटना भएको हो ।
बस अनियन्त्रित भइ सडकवाट करिव ३५ मिटर तल खसेर दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेमा गुल्मीका तिलक विष्ट, भोजपुरका राजजीत राई, भारत बिहारका विद्यानन्द यादव र जिल्ला नखुलेका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी अब्दुल अन्सारीको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र १७ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ४० जना यात्रु बोक्ने क्षमता भएको गाडीले ६५ यात्रु बोकेको थियो । दुर्घटनामा पर्नेहरु अधिकांश आफन्तकोमा दसै मनाउन जाँदै गरेकाहरु रहेको बताइएको छ । घाइते यात्रुहरुले तिब्र गति र क्षमता भन्दा बढि यात्रु भएका कारण बस दुर्घटनामा परेको बताएका छन् ।
प्रतिक्रिया