दबाबमा देउवा, तनावमा पौडेल, द्विविधामा सिटौला

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २, २०७६
|
|
३७ पटक हेरिएको
Shares
दबाबमा देउवा, तनावमा पौडेल, द्विविधामा सिटौला

सारांश

  • काठमाडौं, २ चैत ।
  • नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्।
  • शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने रणनीतिका साथ अघि बढिरहेका बेला उनीहरूमाथि निकटबाटै पार्टी नेतृत्व अरुलाई हस्तान्तरण गर्न दबाब बढ्न थालेको हो।

काठमाडौं, २ चैत । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने रणनीतिका साथ अघि बढिरहेका बेला उनीहरूमाथि निकटबाटै पार्टी नेतृत्व अरुलाई हस्तान्तरण गर्न दबाब बढ्न थालेको हो।

चार वर्षअघि भएको १३औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका देउवाले पूर्वप्रतिबद्धता अनुसार संगठन सञ्चालन गर्न नसकेको भन्दै निकटहरू नै असन्तुष्ट छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयपछिका दिनमा देउवाको छविलाई लिएर पार्टी्भित्र र बाहिर प्रश्न उठिरहेको छ। १३औं महाधिवेशनअघि जस्तो पार्टी्भित्र र बाहिरको वातावरण देउवा अनुकूल नरहेको भन्दै उनलाई आफ्नै निकटले पुनः सभापतिको प्रत्यासी नबन्न सुझाउन थालेका छन्।

केन्द्रीय सदस्य रमेश रिजालले देउवालाई भेटेर परिस्थिति अनुकूल नभएको बताएको स्रोतको दाबी छ। रिजाल देउवा निकट मानिन्छन्। गत माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न प्रदेश नम्बर २ का केन्द्रीय सदस्यहरूको छलफलका क्रममा रिजालले १३औं महाधिवेशनमा जस्तो अनुकूल अवस्था नभएको भन्दै देउवालाई पुनः उम्मेदवार नबन्न सुझाएको स्रोतको दाबी छ। रिजालले मात्र नभएर निकट अन्य नेताले पनि देउवालाई पुनः प्रत्यासी बन्ने निर्णयमा पुगिनहाल्न सुझाएको स्रोत बताउँछ। (नागरिक दैनिकबाट)

(https://bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति छैन: प्रधानमन्त्री ओली
निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति छैन: प्रधानमन्त्री ओली
बिमस्टेक: भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स
बिमस्टेक: भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स
२१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु
२१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु
निर्माण कम्पनीको लापरबाहीले धारापानी सिँचाइ योजना अलपत्र
निर्माण कम्पनीको लापरबाहीले धारापानी सिँचाइ योजना अलपत्र
घरमा काम गर्ने सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि नेका बरिष्ठ नेता पौडेल आइसोलेसनमा
घरमा काम गर्ने सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि नेका बरिष्ठ नेता पौडेल आइसोलेसनमा
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्
३३ किलाे सुन प्रकरण: एसएसपी र गोरेलाई देखभेट र बोलचालमा पूर्ण बन्देज!
३३ किलाे सुन प्रकरण: एसएसपी र गोरेलाई देखभेट र बोलचालमा पूर्ण बन्देज!
मुख्यमन्त्रीद्वारा हेटौडा अस्पतालको निरीक्षण
मुख्यमन्त्रीद्वारा हेटौडा अस्पतालको निरीक्षण
नेकपा स्थायी कमिटी बैठक स्थगित्, भोलि ११ बजे बस्ने
नेकपा स्थायी कमिटी बैठक स्थगित्, भोलि ११ बजे बस्ने
आर्थिक स्थायित्वका लागि चेम्बर र उद्योग परिसङ्घले सहकार्य गर्ने
आर्थिक स्थायित्वका लागि चेम्बर र उद्योग परिसङ्घले सहकार्य गर्ने