राजकीय अन्तिम संस्कारमा महारानीले ‘आजीवन गरेको सेवा’ को सम्झना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ४, २०७९
|
|
५७ पटक हेरिएको
Shares
राजकीय अन्तिम संस्कारमा महारानीले ‘आजीवन गरेको सेवा’ को सम्झना

सारांश

  • बीबीसी।
  • महारानी एलिजाबेथको शवपेटिका विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज् च्यापलमा पुर्‍याइएको छ जहाँ उनको अन्तिम‌ बिदाइ स्वरूप ‘कमिटल सर्भिस’ आयोजना भएको छ र उनलाई त्यहाँ निर्दिष्ट स्थानमा समाधिस्थ गरिनेछ।
  • त्यसअघि विन्डसरमा शवयात्राका क्रममा हजारौँ मानिसको भिड‌ देखिएको थियो।

बीबीसी। महारानी एलिजाबेथको शवपेटिका विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज् च्यापलमा पुर्‍याइएको छ जहाँ उनको अन्तिम‌ बिदाइ स्वरूप ‘कमिटल सर्भिस’ आयोजना भएको छ र उनलाई त्यहाँ निर्दिष्ट स्थानमा समाधिस्थ गरिनेछ। त्यसअघि विन्डसरमा शवयात्राका क्रममा हजारौँ मानिसको भिड‌ देखिएको थियो।

सोमबारै ब्रिटेनको राजधानी लण्डनस्थित प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको थियो। त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनसहित सयौँ गन्यमान्य विदेशी पाहुनाहरू उपस्थित थिए।

द डिन अफ वेस्टमिन्स्टरले उक्त समारोहको नेतृत्व गर्ने क्रममा “आजीवन बहन गरेको उत्तरदायित्व”प्रति कृतज्ञता व्यक्त गरेका थिए। राजा चार्ल्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबीसम्मको शवयात्राको नेतृत्व गरेका थिए।

डीन डेभिड होइलले समारोह सुरु गर्ने क्रममा एलिजाबेथ द्वितीयाले “महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौँ वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता” प्रस्तुत गरेको बताएका थिए।

उनले भने, “सम्मानसाथ हामीले उनको जीवनभरको जिम्मेवारी बोध र आफ्ना नागरिकप्रतिको प्रतिबद्धताको स्मरण गर्छौँ।”

महारानीको शव पेटिका वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ। प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गरिन्।

एक वरिष्ठ धर्मगुरु आर्चविशप अफ क्यान्टरबरी जस्टिन वेल्बीले उपदेश दिए र गायिका डेम भेरा लिनलाई उद्धृत गर्दै “वी विल मिट अगेन” (हामी फेरी भेट्नेछौँ) भने। उक्त वाक्यांश कोभिड महामारी सुरु भएपछि राष्ट्रलाई गरेका दुर्लभ सम्बोधनमा महारानीले पनि प्रयोग गरेकी थिइन्।

आर्चविशप वेल्बीले भने: “यस दिनको शोक- दिवङ्गत महारानीका परिवारले मात्र अनुभव गरेको छैन पूरा देश, राष्ट्रमण्डल र विश्वभर महसुस भएको छ – उनको दीर्घ जीवन र प्रेममय सेवा अब हामीबाट गएको छ।” उक्त समारोहको अन्त्यतिर देशभर दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो।

लण्डनस्थित एक प्रसिद्ध युद्ध स्मारक वेलिङ्टन आर्चबाट दिवंगत महारानीको शव राखिएको पेटिका नयाँ राजकीय शववाहनमा स्थानान्तरण गरेर त्यो विन्डसर कासलतर्फको अन्तिम यात्रामा लगिएको थियो।

विन्डसर कासलमा रहेको गिर्जाघर सेन्ट जोर्जेज् च्यापलमा महारानीको शव पेटिका समाधिस्थ गरिनुअघिका धार्मिक र परम्परागत कार्यहरू भएका छन्।

त्यहाँ झण्डै ८०० जना पाहुनाको उपस्थितिमा डीन अफ विन्डसर डेभिड कोनरले त्यस्तो धार्मिक कार्य सम्पन्न भएपछि आर्चविशप अफ क्यान्टरबरीले प्रार्थना र आशीर्वाद दिएका थिए।

त्यसपछि एक नितान्त निजी समारोहका माझ सेन्ट जोर्जेज् च्यापलभित्र रहेको किङ जोर्ज छैटौँ स्मृति च्यापलमा महारानीको शवलाई उनका श्रीमान् ड्युक अफ एडिनबराको समाधि रहेको स्थानसँगै समाधिस्थ गरिनेछ।

(https://www.plu68.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट
प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन
प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन
नेकपाभित्र भुकम्प जाने अवस्था,  कार्यकर्ताले यस्ताे कदम चाल्दै !
नेकपाभित्र भुकम्प जाने अवस्था, कार्यकर्ताले यस्ताे कदम चाल्दै !
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
भक्तपुरको खनेपानी समस्या समाधान गर्दछु-एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेत
भक्तपुरको खनेपानी समस्या समाधान गर्दछु-एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेत
‘रुसी सेनामा बाँच्ने सम्भावना १ प्रतिशत मात्रै’
‘रुसी सेनामा बाँच्ने सम्भावना १ प्रतिशत मात्रै’
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
प्रधानमन्त्री ओली र मोदीले सँगै पूजा गर्ने
प्रधानमन्त्री ओली र मोदीले सँगै पूजा गर्ने
संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह
संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह

तपाईंले छुटाउनुभयो कि?