राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ४, २०७५
|
|
५५ पटक हेरिएको
Shares
राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता

सारांश

  • काठमाडौँ, ४ वैशाख , बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका अधिराजकुमार सलमान बिन हमाद अल खलिफाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
  • आइतबार मनामास्थित गुडैबिया दरबारमा भएको भेटका क्रममा अधिराजकुमार खलिफाले राजदूत सुन्दासलाई स्वागत गर्दै आफ्नो कूटनीतिक भूमिकामा सफलताको कामना गर्नुभयो ।
  • सोही अवसरमा राजकुमार खलिफाले नेपालको अर्थतन्त्र र राजनीतिक अवस्थाबारे चासो देखाउनुभएको दूतावासले जनाएको छ ।

काठमाडौँ, ४ वैशाख , बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका अधिराजकुमार सलमान बिन हमाद अल खलिफाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आइतबार मनामास्थित गुडैबिया दरबारमा भएको भेटका क्रममा अधिराजकुमार खलिफाले राजदूत सुन्दासलाई स्वागत गर्दै आफ्नो कूटनीतिक भूमिकामा सफलताको कामना गर्नुभयो । सोही अवसरमा राजकुमार खलिफाले नेपालको अर्थतन्त्र र राजनीतिक अवस्थाबारे चासो देखाउनुभएको दूतावासले जनाएको छ ।

भेटका क्रममा विद्यमान दुई पक्षीय सम्बन्धलाई थप सुदृढीकरण गर्ने, बहराइन र नेपालबीच भएको आर्थिक तथा वाणिज्य सम्बन्धलाई दुईपक्षीय हितमा अघि बढाउने, बहराइन र नेपालका निजी क्षेत्रबीचको सम्बन्धलाई सुधार गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा राजदूत सुन्दासले नेपाली कामदारका लागि बहराइन सरकारले गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो । भेटका क्रममा राजदूत सुन्दासले नेपालको पछिल्लो राजनीतिक विकास क्रममाथि प्रकाश पार्दै लगानी, व्यापार, पर्यटन र नेपाली श्रमिकको संरक्षणमा दुई देशबीच सहकार्य गर्ने बताउनुभयो ।

भेटका क्रममा दूतावासका नियोग उपप्रमुख खगराज पाण्डेय र तृतीय सचिव अमृत लोप्चनको समेत सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
बिरामी ओसारिने एम्बुलेन्समा चित्तल फेला
बिरामी ओसारिने एम्बुलेन्समा चित्तल फेला
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति गठन
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति गठन
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?
लेखा परीषकका कारण भ्रष्टाचार बढेको अख्तियारको आरोप
लेखा परीषकका कारण भ्रष्टाचार बढेको अख्तियारको आरोप
कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी
भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी

तपाईंले छुटाउनुभयो कि?