राजनीतिक दलद्वारा आचारसंहिता उल्लंघन

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २६, २०७४
|
|
४७ पटक हेरिएको
Shares
राजनीतिक दलद्वारा आचारसंहिता उल्लंघन

सारांश

  • रामेछाप, कात्तिक २६ – मंसिर १० गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति नजिकिदै जाँदा रामेछापमा अधिकांश राजनीतिक दलहरुले व्यापक रुपमा आचारसंहिता उल्लंघन गरेका छन् ।
  • दलका कार्यकर्ताहरुले मन्थली, पुरानो सदरमुकाम रामेछाप बजार र ६ वटा गाउँपालिकाका धार्मिक, सांस्कृतिक सार्वजनिक स्थलहरुमा तुल, व्यानर, पोष्टर तथा पर्चाहरु टाँसेर व्यापक रुपमा आचारसंहिता उल्लंघन गरेका छन् ।
  • त्यस्तै राजनीतिक दलहरुले निर्वाचन आयोगको आचारसंहिता विपरित ठूल्ठूला पार्टीका झण्डा, ब्यानर र पोष्टर प्रकाशन गर्दै सबै सडकका भित्ता र घरघरमा टाँस्ने गरिरहेका छन् ।

रामेछाप, कात्तिक २६ – मंसिर १० गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति नजिकिदै जाँदा रामेछापमा अधिकांश राजनीतिक दलहरुले व्यापक रुपमा आचारसंहिता उल्लंघन गरेका छन् । दलका कार्यकर्ताहरुले मन्थली, पुरानो

सदरमुकाम रामेछाप बजार र ६ वटा गाउँपालिकाका धार्मिक, सांस्कृतिक सार्वजनिक स्थलहरुमा तुल, व्यानर, पोष्टर तथा पर्चाहरु टाँसेर व्यापक रुपमा आचारसंहिता उल्लंघन गरेका छन् । त्यस्तै राजनीतिक दलहरुले निर्वाचन आयोगको आचारसंहिता विपरित ठूल्ठूला पार्टीका झण्डा, ब्यानर र पोष्टर प्रकाशन गर्दै सबै सडकका भित्ता र घरघरमा टाँस्ने गरिरहेका छन् ।

दलहरुले मनपरी रुपमा आचारसंहिता उल्लंघन गर्दा पनि मुख्य निर्वाचन कार्यालय रामेछापले आचारसंहिता उल्लंघन गर्ने नेता र तिनका कार्यकर्ताहरुलाई भने कुनै कारबाही गर्न सकेको छैन् । मुख्य निर्वाचन कार्यालयले आचारसंहिता विपरित काम गर्नेलाई कानुन अनुसार कारवाही गर्ने जनाएको भए पनि अहिलेसम्म बजारमा टाँगिएका तुल, ब्यानर तथा पर्चा हटाउन सकेको छ न त पार्टी र कार्यकर्ताहरुलाई कारवाही नै गर्न सकेको छ ।

सदरमुकाम भन्दा टाढाका कुरै छाडौं, अहिले सदरमुकाम मन्थलीका हरेक सार्वजनिक स्थल, पार्टी पौवा, सडकका भित्ता र ब्यक्तिका घरघरमा टाँगिएका तुल, ब्यानर र पर्चाले मन्थली बजार बेहुली श्रृगारीएझै झकमक्क देखिएको छ । मुख्य निर्वाचन कार्यालयकै अगाडि पनि धेरै मात्रामा राजनीतिक दलका उम्मेदवार र तिनका कार्यकर्ताहरुले आचारसंहिताको खिल्ली उडाउँदा समेत कारवाही गर्ने निकाय मुख्य निर्वाचन कार्यालय र आचारसंहिता उल्लंघन हेर्ने जिम्मेवारी पाएका कर्मचारी समेत मुकदर्शक भएर बसेको देखिन्छ ।

तीन हप्ता अघि मुख्य निर्वाचन कार्यालयले सबै राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरु समेत राखेर जारी गरेको आचारसंहिता पूर्णरुपमा पालन गर्ने र गलत गर्ने जुनसुकै राजनीतिक दल वा तिनका उम्मेदवारहरुलाई कारबाही गर्ने जनाएको थियो । बैठकमा सहभागी सवै दलका प्रतिनिधिहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरुपमा पालन गर्ने जनाएका  थिए । मुख्य निर्वाचन कार्यालयमा गरेको प्रतिवद्वता प्रतिनिधिहरुले गरेको भएता पनि त्यसको भोलिपल्टैबाट आचारसंहिता व्यापकरुपमा उल्लंघन गरिएको छ ।

सदरमुकाम मन्थली लगायतका स्थानहरुमा व्यापक रुपमा आचारसंहिता उल्लंघनको विषयमा मुख्य निर्वाचन कार्यालय र स्थानिय प्रशासनलाई समेत जानकारी भैसकेकाले तत्काल नियम विपरित बजार एरिया र सार्वजनिक स्थानहरुमा टाँसिएका सवै पर्चा सामाग्रीहरु हटाउन सम्बन्धित राजनीतिक दलहरुलाई निर्देशन दिसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?