राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
५० पटक हेरिएको
Shares
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल

सारांश

  • रत्ननगर, चितवन, २४ कात्तिक : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताउनुभएको छ ।
  • वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका दाहालले आज यहाँका मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताउनुभएको हो ।
  • आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो — “यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।

रत्ननगर, चितवन, २४ कात्तिक : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताउनुभएको छ ।

वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका दाहालले आज यहाँका मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताउनुभएको हो ।

आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो — “यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।”

आज बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान शुरु गर्ने क्रममा अध्यक्ष दाहालले जनताले विकास चाहेको छ, त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

घरदैलोका क्रममा दाहाललाई स्थानीय मतदाता कृष्ण सापकोटाले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुृभयो । घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए ।

घरदैलोमा आइपुगेका दाहाललाई स्वागत गर्दै अर्का मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन आग्रह समेत गर्नुभयो ।

आजै शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिनुभयो । वाम गठबन्धनको अन्य निर्वाचन क्षेत्रका उम्मेदवार समेत अहिले चुनावी घरदैलो अभियानमा सक्रिय भएका छन् ।

यस्तै नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिकलगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध उम्मेदवार समेत गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय भएको प्रचार संयोजक तथा काँग्रेस जिल्ला सचिव उत्तम जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोनाल्डो हात्तीमा रेडियो कलर जडान
रोनाल्डो हात्तीमा रेडियो कलर जडान
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
आज राष्ट्रपतिको चुनाव, विद्या र लक्ष्मी भिड्दै, ६ जनाले भोट नदिने,
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या
विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या
सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै संसद अबरुद्ध !
सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै संसद अबरुद्ध !
नेपाली जनताका नायक स्वर्गीय  मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
नेपाली जनताका नायक स्वर्गीय मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’
संसद् र अदालत पार्टीको बन्दी र खेलौना ?
संसद् र अदालत पार्टीको बन्दी र खेलौना ?

तपाईंले छुटाउनुभयो कि?