राजविराजको वडा नम्बर १५ मा मतदान चल्दै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
राजविराजको वडा नम्बर १५ मा मतदान चल्दै

सारांश

  • सप्तरी, असोज ५ – सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।
  •  यो वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित भएको चुनाव बिहीबारलाई सारिएको थियो ।
  • विशेष सुरक्षाका साथ दुईवटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरी, असोज ५ – सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।  यो वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित भएको चुनाव बिहीबारलाई सारिएको थियो ।

विशेष सुरक्षाका साथ दुईवटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । त्यहाँ एक हजार ६३९ मतदाता रहेका छन।

यादवको मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार वडा नं १५ मा राजपा, नेपालका तर्फबाट वडाध्यक्ष पदका लागि जशकरण मण्डलले असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

यसअघि असोज २ गते राजविराज नगरपालिकाको १५ वडाबाहेक अन्य वडामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

सो वडा नंं १५ मा आज बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत महेशकुमार ठाकुरले जानकारी दिनुभयो ।

यसैबीच, सम्पन्न भएका वडाहरुको मतपेटिका जिल्ला खेलकुद विकास समितको हलमा कडा सुरक्षाका साथ राखिएको र वडा नं १५ को मतदान सकिएपछि राजविराज नगरपालिकाको मतगणना आजैदेखि शुरु हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए
प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
मलेसियाले बढायो कामदारको पारिश्रमिक
मलेसियाले बढायो कामदारको पारिश्रमिक
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
एटीएम मेसिन तोडफोड गरी चोरी गरेको आरोपमा ललितपुरबाट तीन जना पक्राउ
एटीएम मेसिन तोडफोड गरी चोरी गरेको आरोपमा ललितपुरबाट तीन जना पक्राउ
अब पूर्णांकका आधारमा पढाइ नहुने ! नयाँ पाठ्यक्रम(मस्याैदा सहित)
अब पूर्णांकका आधारमा पढाइ नहुने ! नयाँ पाठ्यक्रम(मस्याैदा सहित)
विश्वकप क्रिकेटः बंगलादेशमाथि भारतको सहज जीत
विश्वकप क्रिकेटः बंगलादेशमाथि भारतको सहज जीत
सरकारले बाँड्याे कार्यकर्तालार्इ निर्वाचनकाे मुखमा  १६ कराेड
सरकारले बाँड्याे कार्यकर्तालार्इ निर्वाचनकाे मुखमा १६ कराेड
चितवनमा वर्डफ्लु , २५ सय कुखुरा मरे
चितवनमा वर्डफ्लु , २५ सय कुखुरा मरे
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ   ?
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ ?