राजश्वका कर्मचारी जेल जाने !
सारांश
- काठमाडौ, २९ जेठ।
- नेपालमा ठूलो भ्रष्टाचार राजश्वको क्षेत्रमा हुने गरेको छ ।
- कर्मचारीहरुले सेटिङ मिलाएर ठूलो मात्रामा राजश्वमा व्यापारीलाई छुट दिदै आउका छन् ।
काठमाडौ, २९ जेठ। नेपालमा ठूलो भ्रष्टाचार राजश्वको क्षेत्रमा हुने गरेको छ ।
कर्मचारीहरुले सेटिङ मिलाएर ठूलो मात्रामा राजश्वमा व्यापारीलाई छुट दिदै आउका छन् । जसकारण राजश्व कार्यालय कर्मचारीको आकर्षणको केन्द्रमा पर्ने गरेको छ ।
तर, अब कुनै पनि कर्मचारी व्यापारीको पक्षमा निर्णय गरे कर्मचारीविरुद्ध नै मुद्दा चल्ने भएको छ । सरकारले राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएर सक्रिय बनाएसँगै अर्थ मन्त्रालय अन्र्तगतका कर्मचारीहरुको निदहरामद भएको छ ।
यसअघि विभागले भन्सार ऐनअनुसार कारबाही गर्दै आएको थियो । प्रधानमन्त्री कार्यालय मातहत गएपछि अब राजश्व चुहावट तथा नियन्त्रण ऐनअनुसार विभागले कारबाही गर्दछन् ।
भन्सार ऐनअनुसार विभाग आफैंले कारबाही गर्दथ्यो । राजश्व चुहावट ऐनअनुसार जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ । जसमा कुनै कर्मचारीले राजश्व चुहावटमा सहयोग गरेको देखिएमा उनीहरुविरुद्ध समेत मुद्दा चल्ने प्रावधान छ ।
हरेक जसो राजश्व कार्यालयमा बदमासी हुने गरेको छ । सिए, व्यापारी र कर्मचारीको मिलेमतोमा राजश्वमा लुट चल्दै आएको दृष्टि साप्ताहीकले लेखेको छ । कानुनमा रहेका कमजोरीहरुमा खेलेर यस्तो धन्दा चल्दै आएको छ ।
अब, राजश्व अनुसन्धान विभाग सक्रिय भएसँगै त्यस्ता कर्मचारीहरु जेल जाने र राजश्व प्रशासनमा व्यापार सुधार आउने छ । यसका लागि राजश्व अनुसन्धान विभागले पनि असल नियतले काम गर्नु जरुरी छ ।
Gobinda Neupane
जेल जाने होइन मिलिजुली बाडिचुडी खाने चाहिँ हो।
सुरु का सयौ फाइल हेरेर 6 खरब को राजस्व हिनामिना भएको अनुमान गरेको चुडामणी काण्ड अन्तिममा सबै नैतिक हरामी हरु ले आफ्नो नैतिकता कवाडी मा बेचेर 13 अरब हिनामिना भएको भन्ने बिडम्बना पुर्ण प्रतिबेदन दियो अख्तियार ले।अनि त्यसमा पनि कालाकोटे लिलामी भएर आखामा छारो हालेर छोड्ने यो देशमा यस्तो गर्छु र त्यस्तो गर्छु भनेर किन डम्फु बजाको होला?????????