राजाकाे अादेशमा गाडि चलाउँदै साउदी महिला

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
६० पटक हेरिएको
Shares
राजाकाे अादेशमा गाडि चलाउँदै साउदी महिला

सारांश

  • रियाद- साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्।
  • उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ।
  • लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका हुन।

रियाद- साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्। उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ।

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका हुन। महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुनेगरी राजाको आदेश आएको त्यहाँको सरकारी समाचार संस्थाले यसअघि नै जनाएको थियो।

साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी कार्यको प्रतिवेदन तयार पारेर राजालाई दिएका र अब यही आइतबारबाट नै उनीहरुले यस्तो अधिकार पाएका जनाएको छ।

महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाहरुले लामो समयदेखि अभियान चलाउँदै आएका थिए।विश्वमा साउदी अरेबिया मात्र एक मुलुक हो जहाँ महिलाले गाडी चलाउने अनुमति पाएका थिएनन्। अब उनीहरुले यो अधिकार प्राप्त गरेका साउदी सरकारले जनाएको छ।

साउदीको विद्यमान कानून अनुसार त्यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए। सो कानूनमा संशोधन गरी राजाले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन्।

यसअघि पनि लुकिछिपी महिलाले गाडी चलाउने गरेको भए पनि सरकारी नीतिको अवज्ञा गरेको आरोपमा महिलाहरुमाथि कडा जरिवाना गरिन्थ्यो। कतिपयले जेल सजायँ नै भोग्नुपरेको पनि बताइएको थियो।

केही महिनाअघि सरकारले यो नीति बनाएर जुनदेखि सवारी आफै हाँक्न दिने बताएको थियो। त्यो नीतिको घोषणा भएपछि यहाँ महिलाका लागि सवारी चालकसम्बन्धी तालिम र सवारी चालक अनुमति पत्र दिने प्रक्रियाको सुरुवात भएको थियो।

कैयौँ महिलाले सवारी चालनसम्बन्धी तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ। अधिकारीहरुले आइतबार महिलाले सवारी चलाउने कार्यको सुरुआत एक विशेष कार्यक्रममार्फत गरिने जनाएका छन्।

संयुक्त राज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन्। उनीहरुले साउदी सरकारको यस कदमलाई मानवअधिकारको पक्षमा एउटा महत्ववपूर्ण कदम भनेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणमान बिजुक्छेले भने  ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’
नारायणमान बिजुक्छेले भने ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’
अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र
अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र
दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन बलियो
दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन बलियो
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
शहरी विकासका आयोजना : २५ अर्बको ठेक्का भएन
शहरी विकासका आयोजना : २५ अर्बको ठेक्का भएन
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
कोरोना भाईरसको सन्त्रास : सरकारले बोलायो सर्वदलीय बैठक
कोरोना भाईरसको सन्त्रास : सरकारले बोलायो सर्वदलीय बैठक
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा  एकरुपैयाँ आएको छैन ।
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा एकरुपैयाँ आएको छैन ।
एउटै तालमा ३१ प्रजातिका जलपन्छी
एउटै तालमा ३१ प्रजातिका जलपन्छी

तपाईंले छुटाउनुभयो कि?