रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
५० पटक हेरिएको
Shares
रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

सारांश

  • कीर्तिपुर ।
  • रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ ।
  • कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिकरुपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको आदेशसम्बन्धी पत्र सम्बद्ध संस्था सुखी गँछे समाजले बुझ्न नमानेपछि वडा कार्यालयमा टाँस गरिएसँगै यससम्बन्धमा उठेको विवाद लम्बिने सङ्केत देखिएको हो ।

कीर्तिपुर । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ ।

कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिकरुपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको आदेशसम्बन्धी पत्र सम्बद्ध संस्था सुखी गँछे समाजले बुझ्न नमानेपछि वडा कार्यालयमा टाँस गरिएसँगै यससम्बन्धमा उठेको विवाद लम्बिने सङ्केत देखिएको हो ।

नगरपालिका कर्मचारीले हटाउने आदेशसम्बन्धी पत्र सुरुमा समाजका अध्यक्षलाई बुझाउन खोजेका थिए । अध्यक्षले सचिवलाई बुझाउनु भनेपछि सचिवलाई बुझाउन खोजिएको र सचिव तथा अन्य सदस्यले समेत बुझ्न नमानेपछि २ नं वडा कार्यालयमा टाँस गरिएको थियो ।

रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीयसुखी गँछे समाजको पहलमा गत मङ्सिर महिनामा मच्छिन्द्रनाथ र याक मिसा (कन्या कुमारी) को प्रतिमूर्ति स्थापना गरिएको थियो । त्यसपछि ललितपुुरका मच्छिन्द्रनाथ सम्बद्ध गुठी तथा संस्थाले तन्त्रसाधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीको रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको ठाडो उल्लङ्घन हुन जाने ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायत गुठीको भनाइ थियो ।

कीर्तिपुरको शक्तिपिठ मानिने प्यँगःथां र आसन्न रातो मच्छिन्द्रनाथको भोटो जात्राबीच परम्परागत सम्बन्ध छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ तान्नुभन्दा चार दिन अघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी)नाँगै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यांःगथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी कन्या)बाट प्रसाद ग्रहण गराउने परम्परा छ ।

यो परम्परालाई बेवास्ता गरी मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएकाले सो नहटाएमा प्रसाद ग्रहण गराउने परम्परालाई निरन्तरता दिन नसकिने अडान पानेजु सङ्घको छ । यससम्बद्धमा श्री हयगृव भैरवनाथ तथा ३२ पानेजु सङ्घद्वारा जारी विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ तन्त्रसाधनाका देवता भएको र याक मिसा जीवित देवी भएकीले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उल्लेख छ ।

यसविपरीत कीर्तिपुरको सुखी गँछेले प्रतिमूर्ति स्थापना गरेपछि पानेजु सङ्घ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले सो मूर्ति प्यंगः थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाई सो मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि भएका वार्ता तथा बैठकको आधार भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।

सुखी गँछेसम्बद्ध व्यक्तिले भने स्थापना गरिसकिएको मूर्तिलाई हटाउन एकोहरो दबाब दिनाको साटो वार्तामार्फत सम्मानजनक निकास दिनुपर्ने अडान राख्दै आएका छन् । रासससँग कुरा गर्दै गँछेका सचिव नारायण महर्जनले पुरातत्व विभाग र ललितपुर महानगरलगायत निकायले वार्तामार्फत सहमतिको विन्दु पहिल्याउनाको साटो एकपक्षीय दबाब दिएको बताए । मूर्ति स्थापना अघि पुरातत्व विभाग, कीर्तिपुर नगरपालिकासँग लिखित र पानेजु सङ्घसँग मौखिक सहमति लिइएको पनि उनले बताए । “हामी पनि परम्परा नभत्कियोस् भन्ने पक्षमा छौँ र सबै विकल्पमा खुुला छौँ तर हामीलाई मात्र पेल्ने काम भयो”, उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका
आइजीपीबारे देउवाले मुख खोले
आइजीपीबारे देउवाले मुख खोले
राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित
राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित
उच्च अदालत विराटनगरले अभियुक्तलाई धरौटीमा रिहा गर्न थालो
लागु औषधसहित दुई जना पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
पूर्वका ठूला नगरमा कसले कति मत पाए ? ताजा मत परिणाम हेर्नुहोस
पूर्वका ठूला नगरमा कसले कति मत पाए ? ताजा मत परिणाम हेर्नुहोस
द आर्ट लिभिङ पोखराले अन्तराष्ट्रिय योगा दिवस फेवा किनारामा
द आर्ट लिभिङ पोखराले अन्तराष्ट्रिय योगा दिवस फेवा किनारामा
धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान  .
धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान .

तपाईंले छुटाउनुभयो कि?