राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २८, २०७५
|
|
५० पटक हेरिएको
Shares
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !

सारांश

  • काठमाडौँ, २८ कात्तिक ।
  • तीनवटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीचको एकता वार्ता तत्कालका लागि भाँडिनुमा शीर्ष नेताबीच जुँगाको लडाईं नै प्रमुख कारकका रुपमा रहेको औंल्याइएको छ ।
  • २०४७ साल जेठ १५ गते जन्मँदै दुई चिरा भएर स्थापना भएको राप्रपा २०७३ फागुन ६ गते एकीकृत भए पनि पुनः तीन चिरामा विभाजित भयो।

काठमाडौँ, २८ कात्तिक । तीनवटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीचको एकता वार्ता तत्कालका लागि भाँडिनुमा शीर्ष नेताबीच जुँगाको लडाईं नै प्रमुख कारकका रुपमा रहेको औंल्याइएको छ । २०४७ साल जेठ १५ गते जन्मँदै दुई चिरा भएर स्थापना भएको राप्रपा २०७३ फागुन ६ गते एकीकृत भए पनि पुनः तीन चिरामा विभाजित भयो। विशेष गरी २०७४सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन नराम्ररी हार भोगेका राप्रपाकाका तीनवटै पार्टीका कार्यकर्ता एकताको पक्षमा देखिए पनि शीर्ष नेताबीच जुँगाको लडाईंले एकता वार्ता नै अघोषितरूपमा टुटेको हो ।

कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच केही समयदेखि एकताको राम्रै पहल भएको थियो । तीनवटा पार्टीबीच एकता हुँदा पार्टीको नाम, चुनाव चिह्न र झण्डा कसको रहने भन्ने अडान छँदैछ । राप्रपाका अध्यक्ष कमल थापासँग एकता वार्ता टुटेको हो भनी जिज्ञासा राख्दा उनले आफू एकताको पक्षमा रहेको र एकताको विषय संवेदनशील भएकाले थप टिप्पणी नगर्ने बताए।

उता राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाए । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापाले नमानेको दाबी राणाको छ ।  पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राणाले भने, ‘कमल थापाको तातै खाउँ जल्दै मरौँ भन्ने प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको छ, तीनवटै राप्रपा एकताका लागि अझै पनि म तयार छु, एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चुनाव चिह्न र नाम टुङ्गो लागेको छैन ।’  एकताका लागि तीनवटा पार्टी मिल्दा नाम, झण्डा र चुनाव चिह्न सबै एउटै पार्टीको कायम राख्न नसकिने भनाइ राणाको छ । उनले स्पष्टरूपमा ‘गाईलाई चुनाव चिह्न मान्न म सक्दिनँ’ भने। तीनवटै राप्रपा हिन्दुराष्ट्रको पक्षमा रहेका छन् ।

राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वार्ता प्रक्रिया अहिले स्थगित भएको छ, निर्वाचन चिह्न हलो हुनुपर्छ, संवैधानिक राजसंस्थाका विषयमा विवाद छैन भने। यसअघि २०७३ फागुन ६ गते पार्टी एकीकरण हुँदा एकता महाधिवेशनबाट पारित प्रस्तावलाई सबैले मान्नुपर्ने भनाइ कमल थापा पक्षको रहेको छ ।  ‘संवैधानिक राजसंस्था’ को सट्टा ‘परम्परागत शक्ति’ राख्ने विषयमा छलफल भएको थियो । त्यसमा परम्परागत शक्ति भनेको शाह, राणा, लिच्छवि वा मल्ल कुन शक्ति भन्ने अन्योल रहन्छ, त्यसकारण स्पष्ट हुनुपर्ने भनाइ थापा पक्षको अडान रहेपछि वार्ता प्रक्रियामा तगारो लागेको दाबी अन्य नेताको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एकताका लागि डा. लोहनीसँग पदको भागबण्डा र राणासँग सैद्धान्तिक पक्षमै मिल्न बाँकी रहेको स्वीकार गरे। अध्यक्ष राणाका पछिल्ला भनाइले एकतालाई बिगारेको र एकता चाहने कार्यकर्तालाई निरास बनाएको दाबी नेता श्रेष्ठको छ । उनले भने, ‘‘एकता वार्ता भाँडिएको वा टुटेको भनेर कसैले भनेको छैन तर संवाद पनि अगाडि बढेको छैन ।’’
विं.सं.२०४७ जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना हुँदा नै गाई र हलो चिह्नका दुई पार्टी घोषणा भएका थिए । पञ्चायतका हस्तीद्वय सूर्यबहादुर थापाको अध्यक्षतामा राप्रपा (थापा) र लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा राप्रपा (चन्द) को घोषणा गरिएको थियो । थापाको गाई र चन्दको हलो निर्वाचन चिह्न थियो । उनीहरू दुवै नेता पञ्चायत कालमा पनि प्रतिस्पर्धी थिए।

अहिले राणा र लोहनी ‘हलो’ निर्वाचन चिह्नको पक्षमा एक ठाउँमा हुनुहुन्छ भने २०७४ को निर्वाचनमा गाई निर्वाचन चिह्न लिएका उम्मेदवार निर्वाचित भएकाले ‘गाई’ नै निर्वाचन चिह्न हुनैपर्ने अडान थापा पक्षको छ । निर्वाचन चिह्न, पार्टीको नाम र झण्डाजस्ता विषयमा सहमति नभएको कुरा सहतमा आए पनि भित्री चुरो भनेको नेतृत्वको होडबाजी नै मुख्य रहेकाले तीन राप्रपाबीचको एकता तत्कालै हुने सम्भावना न्यून छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव पनि ओलीविरुद्ध केन्द्रित भएपछि नेकपामा नयाँ संकट
वामदेव पनि ओलीविरुद्ध केन्द्रित भएपछि नेकपामा नयाँ संकट
२ सय २६ स्थानीय तहमा मतगणना हुँदै
२ सय २६ स्थानीय तहमा मतगणना हुँदै
सुनसरी २ मा कांग्रेसका सिताराम मेहता विजयी
इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु
इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु
दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन
दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन
ट्रम्पका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक ः अमेरिकामा नयाँ विषयमा बहस सुरु
ट्रम्पका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक ः अमेरिकामा नयाँ विषयमा बहस सुरु
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
९ महिनामा २४ बलात्कारका घटना
९ महिनामा २४ बलात्कारका घटना
पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी
पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी
चितवनमा बाढीले जनधनको क्षति भएपछि रेणु दाहाल एक्शनमा, तीन समूह बनाएर फिल्डमा
चितवनमा बाढीले जनधनको क्षति भएपछि रेणु दाहाल एक्शनमा, तीन समूह बनाएर फिल्डमा

तपाईंले छुटाउनुभयो कि?