रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २४, २०७४
|
|
५६ पटक हेरिएको
Shares
रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु

सारांश

  • रामपुर (पाल्पा), २४ भदौ ।
  • पाल्पाको रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु भएको छ ।
  • जिल्लाको दोस्रो व्यापारिक केन्द्र रहेको रामपुरको दरैठाँटी माध्यमिक विद्यालयले तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु गरेको हो ।

रामपुर (पाल्पा), २४ भदौ । पाल्पाको रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु भएको छ ।
जिल्लाको दोस्रो व्यापारिक केन्द्र रहेको रामपुरको दरैठाँटी माध्यमिक विद्यालयले तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु गरेको हो ।
घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा विद्यार्थी पनि निकै उत्साहित भएका छन् । हालैमात्र सञ्चालनमा आएको यस सिभिल इञ्जिनियरिङ शिक्षाका लागि ४८ वटा कोटा रहेकोमा अहिले २८ जना विद्यार्थी भर्ना भएका छन् । यहाँ पाल्पालगायत स्याङ्जा, काभ्रे, इलाम, काठमाडौँ, सिन्धुली, डोटी, अछाम, धनगढी, झापालगायतका विभिन्न जिल्लाका विद्यार्थी भर्ना भएका विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
सस्तो र गुणस्तरिय खालको शिक्षा प्रदान गरी स्वरोजगार सिर्जना गर्ने उद्देश्यले विद्यालयमा सिभिल इञ्जिनियरिङ कक्षा शुरु गरिएको प्रअ देवकोटाले बताउनुभयो ।
तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ शिक्षा अन्तर्गत सात विषयको पढाइ भइरहेको छ ।
४८ जनाको कोटामध्ये चारजना गरिब जेहेन्दार विद्यार्थीका लागि मासिक शुल्क नलिने विद्यालयले व्यवस्था गरेको छ । माध्यमिक तह शिक्षा पूरा गरेपछि अन्यत्र पठनपाठनका लागि बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो ।

(https://brownshvac.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

1XBET Azerbaycan İdman üzrə onlayn mərclər ᐉ Bukmeker şirkəti 1xBet giriş ᐉ aze 1xbet c
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
अब आचारसंहितासम्बन्धी एक हप्ताको प्रशिक्षण तालीम लिएर मात्र पत्रकारिता गर्न पाउने
लोपोन्मुख थारु नाचको संरक्षण हुँदै
लोपोन्मुख थारु नाचको संरक्षण हुँदै
गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना
गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना
विशेष अदालतविरुद्ध अख्तियार, ट्रान्सफरमर खरिद प्रकरण !
विशेष अदालतविरुद्ध अख्तियार, ट्रान्सफरमर खरिद प्रकरण !
सार्वजनिक भयो आङ गेलुको ‘गोधुली साँझ’
सार्वजनिक भयो आङ गेलुको ‘गोधुली साँझ’
काम नगरी समय बिताउने राष्ट्रसेवक होइनन्ः लालबाबु पण्डित
काम नगरी समय बिताउने राष्ट्रसेवक होइनन्ः लालबाबु पण्डित
आजैदेखि देशभरका गाविस विघटन:कमल थापा
आजैदेखि देशभरका गाविस विघटन:कमल थापा
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”

तपाईंले छुटाउनुभयो कि?