उपराष्ट्रपति पुन अष्ट्रलिया प्रस्थान, यस्तो छ भ्रमण तालिका

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १२, २०७६
|
|
५८ पटक हेरिएको
Shares
उपराष्ट्रपति पुन अष्ट्रलिया प्रस्थान, यस्तो छ भ्रमण तालिका

सारांश

  • काठमाडौं।
  • उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन्।
  • उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन्। उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवाष नेम्वाङ, मन्त्रीहरुलगायतले विदाई गरेका हुन्। त्यस अवसरमा उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण समेत गरेको थियो।
उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धि अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। त्यसैगरी उनले अष्ट्रिया भ्रमणको क्रममा जेष्ठ १५ गते अष्ट्रियाको इन्सबु्रकमा आयोजना हुने अन्तर्राष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायतका रहेका छन्। उपराष्ट्रपति पुन आगामी जेष्ठ १८ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोड क्लबमाथि
दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोड क्लबमाथि
जडीबुटीको ७५ प्रतिशत बजार भारतमा
जडीबुटीको ७५ प्रतिशत बजार भारतमा
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
गर्लफ्रेण्डका लागि राजपाठ नै छोड्न तयार जंगबहादुर राणाका १० रोचक किस्सा
गर्लफ्रेण्डका लागि राजपाठ नै छोड्न तयार जंगबहादुर राणाका १० रोचक किस्सा
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस
‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’
‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’

तपाईंले छुटाउनुभयो कि?