राम्रो काम गर्न नसक्ने मन्त्री फेर्नुपर्छः राजिव पहारी
सारांश
- नेकपाका युवा नेता तथा गण्डकी प्रदेश सांसद राजिव पहारीले आवश्यकता अुनसार मन्त्रीमण्डल पूनर्गठन गर्नु पर्ने बताएका छन् ।
- प्रधानमन्त्रीको गति, लक्ष्य र उद्देश्य अनुरुपको प्रस्तुति दिन नसकेका र जनताका आँकाक्षालाई समेट्ने गरी काम नगरेका मन्त्रीहरुलाई उनीहरुको क्षमता र प्रस्तुतिको आधारमा निर्ममतापूर्वक समीक्षा गरेर मन्त्रीमण्डल पूनर्गठन गर्नु अहिलेको आवश्यकता भएको पहारीको भनाई छ ।
- सरकारले गरेका राम्रा कामबाट आत्तिएर प्रतिक्रियाबादीले खेल्ने प्रयास भइरहेको पनि उनले आरोप लगाए ।
नेकपाका युवा नेता तथा गण्डकी प्रदेश सांसद राजिव पहारीले आवश्यकता अुनसार मन्त्रीमण्डल पूनर्गठन गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्रीको गति, लक्ष्य र उद्देश्य अनुरुपको प्रस्तुति दिन नसकेका र जनताका आँकाक्षालाई समेट्ने गरी काम नगरेका मन्त्रीहरुलाई उनीहरुको क्षमता र प्रस्तुतिको आधारमा निर्ममतापूर्वक समीक्षा गरेर मन्त्रीमण्डल पूनर्गठन गर्नु अहिलेको आवश्यकता भएको पहारीको भनाई छ ।
सरकारले गरेका राम्रा कामबाट आत्तिएर प्रतिक्रियाबादीले खेल्ने प्रयास भइरहेको पनि उनले आरोप लगाए । दुई तिहाईको यो सरकारले धेरै राम्रो काम गरेको दावी गर्दै डेढ वर्षमा सुशासन र विकासको दिशामा जग बनाउने काम भएको र अब साढे ३ वर्षमा जनताले प्रत्यक्ष अनुभुत गर्ने गरी विकासको लहर देखिने पनि पहारीले ठोकुवा गरे ।
एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा गएका कारण पनि केही असहज परिस्थिति सिर्जना भएको बताउँदै उनले विस्तारै सबै ठीक भएर जाने जिकिर गरे । हिजोका दिनका एकात्मक र सामन्ती सोच भएका केही कथित प्रवुद्धहरुले सरकारले गरेका हरेका राम्रा कामको आलोचना मात्रै गर्ने काम भइरहेको पहारीले दावी गरे ।
प्रतिक्रिया