अनाथ बालबालिकालाई अध्ययन खर्चको समस्या

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
५६ पटक हेरिएको
Shares
अनाथ बालबालिकालाई अध्ययन खर्चको समस्या

सारांश

  • काठमाडौँ, २८ वैशाख, बूढानीलकण्ठ नगरपालिका–५ डाँडागाउँमा सञ्चालित अनाथ तथा असहाय बाल सुधारमा रहेका बालबालिकालाई पोशाक र अध्ययन खर्चको समस्या परेको छ ।
  • आमाबाबु नभएका टुहुरा बालबालिकालाई पालनपोषण गर्दै आएको अनाथ तथा असहाय सुधार समाजमा रहेका ३७ बालबालिकालाई अध्ययन खर्च र पोशाकको समस्या परेको हो ।
  • विसं २०५९ मा काठमाडौँको डल्लुबाट एकजना बालबालिकाबाट शुरु भएको अनाथ तथा असाहय बाल सुधार समाजमा अहिले १३ महिला र २४ पुरुष रहेका छन् ।

काठमाडौँ, २८ वैशाख, बूढानीलकण्ठ नगरपालिका–५ डाँडागाउँमा सञ्चालित अनाथ तथा असहाय बाल सुधारमा रहेका बालबालिकालाई पोशाक र अध्ययन खर्चको समस्या परेको छ ।

आमाबाबु नभएका टुहुरा बालबालिकालाई पालनपोषण गर्दै आएको अनाथ तथा असहाय सुधार समाजमा रहेका ३७ बालबालिकालाई अध्ययन खर्च र पोशाकको समस्या परेको हो ।

विसं २०५९ मा काठमाडौँको डल्लुबाट एकजना बालबालिकाबाट शुरु भएको अनाथ तथा असाहय बाल सुधार समाजमा अहिले १३ महिला र २४ पुरुष रहेका छन् । जसमध्ये १३ जना बालबालिकाले बालविकास समाज बूढानीलकण्ठमा निःशुल्क अध्ययन गरेको र बाँकी २४ जनालाई पञ्चकन्या माविमा पैसा तिरेर पठनपाठन गराउँदै आएको समाजका सञ्चालक रमेशदेव सुनारले जानकारी दिनुभयो । “अनाथ बालबालिकालाई पैसा तिरेर पढाउनु पर्दा समस्या परको छ,” उहाँले भन्नुभयो ।

सुनारले आफू सानै उमेरमा अनाथ भएको कारण अनाथ बालबालिकाप्रति केही गर्नुपर्ने मान्यताका साथ १५ वर्षअघि अनाथ, असहाय बालसुधार समाज स्थापना गर्नुभएको थियो ।

समाजमा नुवाकोट, धादिङ, रसुवा, कास्की, सिन्धुपाल्चोक, कालिकोट, बाजुरा, मुगु, सुर्खेतलगायतका १४ जिल्लाका चारदेखि १८ वर्षमुनिका अनाथ बालबालिका रहेका छन् ।

अनाथ बालबालिकालाई दुई छाक खाना खुवाउन काठमाडौँ भ्याली विद्यालय चक्रपथले प्रतिमहिना १२ बोरा चामल, चार बोरा दाल उपलब्ध गराएको र तरकारीका लागि मसाजसेवी कल्पना थापाले सहयोग गरेको सञ्चालक सुनार बताउनुहुन्छ ।

अनाथ, असहाय तथा वृद्धले गरेको संघर्ष देखेर समाजसेवी तथा कलाकार नयन डिसीले आफ्नो जन्मदिनका अवसरमा आज अनाथ, असाहय बाल सुधार समाज बूढानीलकण्ठ र मानसेवा आश्रम सामाखुशीमा रहेका १०० भन्दा बढी वृद्ध तथा बालबालिकालाई निःशुल्क भोजन गराउनुभएको छ ।

विसं २०७२ मा सामाखुशीमा स्थापना भएको मानव सेवा आश्रममा ६७ बेसहारा वृद्धवृद्धा रहेका छन् । खुला सडकलाई आफ्नो घर बनाएर बसेका मानिसलाई विभिन्न क्षेत्रबाट ल्याएर आश्रममा राखिएको हो ।

मुठी दानबाट सञ्चालनमा ल्याइएको आश्रम नेपाल र नेपालीबाट सञ्चालन भएको मानव सेवा आश्रम काठमाडौँका संयोजक सुमन बतौलाले बताउनुभयो । आश्रममा हाल मकवानपुरमा दुई, काठमाडौँमा दुई, चितवन, ललितपुर, गोरखा, लमजुङ, पर्सा, बाग्लुङ र कास्कीमा सञ्चालनमा रहेको छ ।

काठमाडौँ महानगरपालिका–ं२६ मा सञ्चालनमा रहेको मानव सेवा आश्रम रहेको घरको भाडा भने महानगरपालिकाले ब्यहोर्दै आएको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु
पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु
रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल
रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
श्रीमतिलार्इ तँ अरवीकाे माल हाेस भनेपछि…
श्रीमतिलार्इ तँ अरवीकाे माल हाेस भनेपछि…
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
जनावरका लागि नयाँ घर निर्माण गर्दै चिडियाखाना
जनावरका लागि नयाँ घर निर्माण गर्दै चिडियाखाना
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन

तपाईंले छुटाउनुभयो कि?