ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १२, २०७७
|
|
५२ पटक हेरिएको
Shares
ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा कुरा मिल्न सकेन ।
  • दुई अध्यक्षबीच बालुवाटारमा घन्टौं वार्ता भएपनि संख्या र मन्त्रालयमा कुरा मिल्न नसकेको हो ।
  • मन्त्रालय फुटाएर २५ पुर्याउनेमा दुवै नेताबीच सहमति भएपनि कस्ले कति मन्त्रालय पाउने र कुन मन्त्रालय पाउनेबारे भागवण्डा नमिलेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा कुरा मिल्न सकेन । दुई अध्यक्षबीच बालुवाटारमा घन्टौं वार्ता भएपनि संख्या र मन्त्रालयमा कुरा मिल्न नसकेको हो ।

मन्त्रालय फुटाएर २५ पुर्याउनेमा दुवै नेताबीच सहमति भएपनि कस्ले कति मन्त्रालय पाउने र कुन मन्त्रालय पाउनेबारे भागवण्डा नमिलेको हो । पूर्व माओवादीको भागमा हाल ७ मन्त्रालय रहेको छ । विश्वस्त स्रोतका अनुसार प्रचण्डले कम्तिमा १० मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालय दाबी गरेका छन् । गृह मन्त्रालयमा पूर्व माओवादीकै दाबी रहेको छ । यसबाहेक केही महत्वपूर्ण मन्त्रालयमा पनि दाबी देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह, रक्षा, अर्थ र सञ्चार जस्ता मन्त्रालय आफूले भनेबमोजिमकोलाई बनाउन चाहेका छन् । तर, गृह प्रचण्डले आफू पक्षधरलाई नै बनाउन खोजेका छन् । यसअघि पनि गृहमा रामबहादुर थापा बादल प्रचण्डको रोजाईका हुन् ।

मन्त्रीमण्डलमा ओलीलाई माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमको मन समेत राखिदिनुपर्ने अवस्था छ । नेपाल र खनाललाई सन्तुष्ट बनाउन उनीहरु निकट गरी कम्तिमा पाँचजनालाई बनाउनुपर्ने वाध्यता हुनसक्छ ।

यसअघि ओलीको राजीनामा पनि शक्ति बाँडफाँडमा गएर टुंगिएको थियो । जसमा मन्त्रिमण्डल पुर्नगठन र संख्या र मन्त्रालयको विषय पनि रहेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री शर्मा को बिप्पलव लाई प्रश्न कुन नैतिकताले चुनाब बिथोल्न खोज्दै  छौ ??
गृहमन्त्री शर्मा को बिप्पलव लाई प्रश्न कुन नैतिकताले चुनाब बिथोल्न खोज्दै छौ ??
भदाै दुइ गतेदेखि SWe Canसरसफार्इ अभियान-२०७५ संचालन हुने
भदाै दुइ गतेदेखि SWe Canसरसफार्इ अभियान-२०७५ संचालन हुने
डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम
डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम
थेगिनसक्नु भीआइपीको भार
थेगिनसक्नु भीआइपीको भार
नरेश खातीको कस्ले बनायो यस्तो अवस्था (भिडियोसहित)
नरेश खातीको कस्ले बनायो यस्तो अवस्था (भिडियोसहित)
विद्यालय पुनर्निर्माणमा ढिलाइका कारण बालबालिकाको पढाइ प्रभावित
विद्यालय पुनर्निर्माणमा ढिलाइका कारण बालबालिकाको पढाइ प्रभावित
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ dialogue is used by Mumbai Police to control traffic!
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ dialogue is used by Mumbai Police to control traffic!
फोक्सुन्डो ताल प्रदूषित हुँदै, पुरिँदै
फोक्सुन्डो ताल प्रदूषित हुँदै, पुरिँदै
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो

तपाईंले छुटाउनुभयो कि?