राष्ट्रियसभामा चार विधेयक पेश !

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
राष्ट्रियसभामा चार विधेयक पेश !

सारांश

  • काठमाडौँ, २८ साउन ।
  • राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ ।
  • पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ हुन् ।

काठमाडौँ, २८ साउन । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ । पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ हुन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ पेश गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पेश गरे । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ पेश गर्नुभयो । विधेयक प्रस्तुत भएपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु
ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
आजको बिदेशी मुद्राको बिनिमय दर
आजको बिदेशी मुद्राको बिनिमय दर
योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली
योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !
साेमबार नेपालको खेल एस टि क्रस क्रीकेट क्लबसँग, सुवाष र ज्ञानेन्द्रलाई चुनौति
१५ खर्बको बजेट आउँदै, वृद्धभत्ता र कर्मचारीको तलव बढाउने तयारी
१५ खर्बको बजेट आउँदै, वृद्धभत्ता र कर्मचारीको तलव बढाउने तयारी
पर्यटकीय विकासका लागि गुरुयोजना
पर्यटकीय विकासका लागि गुरुयोजना
वर्षायाममा राम्ररी सुत्न सक्दैनन् राप्तीतटीय क्षेत्रका बासिन्दा
वर्षायाममा राम्ररी सुत्न सक्दैनन् राप्तीतटीय क्षेत्रका बासिन्दा

तपाईंले छुटाउनुभयो कि?