राष्ट्रियसभा बैठकमा कसले के भने?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठकमा कसले के भने?

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं। राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद शेरबहादुर कुँवर अछाम जिल्लामा चट्याङबाट ४ जनाको मृत्यु भएको र अन्य केही स्थानीय घाइते भएको पशु चौपायको क्षति भएको र स्थानीय आतंकित बनेको भन्दै आतंकबाट जोगाउनका लागि सम्बन्धित क्षेत्रबाट पहल गर्न आग्रह गरे। राधेश्याम अधिकारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा गोपनीयताको सम्बन्धमा कानुनको ठूलो त्रुटी भएको भन्दै यस्तो गल्ती नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए। कार्यवहाकको जिम्मेवारी दिइसकेर प्रधानमन्त्री आफैंले सिंगापुरबाट मन्त्रिपरिषद् बैठक संञ्चालन गरेकाले कार्यवहाक प्रधानमन्त्री रहेको वा नरहेको भन्ने पनि प्रश्न उठेको भन्दै उनले सरकारबाट त्रुटीपूर्ण काम भएको बताए।

उनले पछिल्लो समय दलितहरुलाई दुव्र्यवहार गरिएका घटना आइरहेको भन्दै कानुन कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद वृषेशचन्द्र लाल भूमि सुधार मन्त्रीले भूमि व्यवस्थापन सम्बन्धमा संविधानमा गरिएको व्यवस्था भन्दा भिन्न रुपमा आफ्नो अभिव्यक्ति दिएको भन्दै त्यसबारे थप स्पष्ट पार्न विभागीय मन्त्रीको ध्यानाकर्षण गराए। संविधानले भूमिको व्यवस्थापन गर्ने अधिकार प्रदेश व्यवस्थापिकालाई दिएको तर भूमिसुधार मन्त्रीले संघीय सरकारलाई दिएको भनी भनेको भन्दै उनले त्यसबार सदनलाई स्पष्ट पार्न मन्त्रीको ध्यानाकर्षण गराए। भूमि सम्बन्धी आठौं संशोधन विधेयकका बारेमा सैद्धान्तिक छलफल हुँदा संघीय संसदको व्यवस्थापकीय अधिकार संविधानको धारा १ सय ९ अन्र्तगत ५, ७ र ९ अनुसूचीमा मात्रै पर्दछ भनेर आफूले धारणा राखेको स्मरण गराउदै उनले संविधानले गरेको व्यवस्था विपरित सरकार गएको भन्दै आपत्ति जनाए।

अनुसुची ५ को २९ र अनुसुची ७ को २४ ले संघीय सरकारलाई भू–उपयोग नीति र भूमि नीति सम्बन्धी कानूनी व्यवस्था गर्न मात्रै कानुनी अधिकार छ भनेको र अनुसुची ६ अनुसार भूमि व्यवस्थापन सम्बन्धी राज्यशक्तिको बाँडफाँड गर्दा संविधानले प्रदेशले लाई दिएकाले प्रदेश व्यवस्थापिकालाई मात्रै भूमि सम्बन्धी कानुन बनाउने अधिकार रहेको दाबी उनले गरे। विभागीय मन्त्रीले एउटा धारा र एउटा अनुसूची पढेर मात्रै संविधानलाई बुझ्न नसकिने भन्दै अन्य धारामा बाध्यकारी व्यवस्था छ भनेर संसदलाई छल्ने काम गरेको टिप्पणी उनले गरे। सांसद अनिता देवकोटाले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएर पनि प्रधानमन्त्रीले सिंगापुरबाटै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरेर सरकारले शक्ति र पदको दुरुपयोग गरेको टिप्पणी गरिन्।
उनले सत्तासिन पार्टीका कार्यकर्ताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार कार्यस्थलमै गएर हातपात गर्ने काम गरेको भन्दै घटनाप्रति घोर भत्र्सना गरिन्। सांसद रामनारायण विडारीले सिप नभएका विरोधीहरु इख नभएको सरकारका कारणले यो देश विग्रेर जाने हो कि भन्ने चिन्ता लाग्न थालेको बताए।

उनले उल्टो राजनीति गर्ने, व्यवस्थाकै प्रतिपक्षी बन्ने, सत्तामात्रैको विपक्षी, समग्र संविधानका विरोधी र आंशिक संविधानका विरोधीहरुले वर्तमान सरकार मार्फत गणतन्त्र र संघीयताको विरुद्धमा प्रहार गर्दे आएको टिप्पणी गरे। भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्दा नविनतम प्रविधिप्रति गर्व गर्नुपर्नेमा सडक देखि सदनसम्म विरोध गर्ने कम भएको भन्दै उनले गोपनियताको भुतको छाया बाट किन तर्सेको भनी प्रश्न गरे। बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावल थापा पार्वतीले समितिको बार्षिक प्रतिवदेन पेश गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेशम चौधरीको निलम्बन सांसदमै कार्यकाल सकिने
रेशम चौधरीको निलम्बन सांसदमै कार्यकाल सकिने
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
​पदाधिकारी चयनमा कांग्रेस संस्थापन पक्ष नै विभाजित, देउवा एक्लिदैँ
​पदाधिकारी चयनमा कांग्रेस संस्थापन पक्ष नै विभाजित, देउवा एक्लिदैँ
एमालेका महेश बस्नेतलाई हराउँदै भक्तपुरमा कांग्रेसका दुर्लभ थापा विजयी
एमालेका महेश बस्नेतलाई हराउँदै भक्तपुरमा कांग्रेसका दुर्लभ थापा विजयी
देउवा र मोदीद्वारा रेल उद्घाटन
देउवा र मोदीद्वारा रेल उद्घाटन
प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न सकस, यी हुन् मन्त्रीका आकांक्षी
प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न सकस, यी हुन् मन्त्रीका आकांक्षी
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा
सुनसरीमा कसले मार्ला बाजी?
सुनसरीमा कसले मार्ला बाजी?
संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा
संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा