राष्ट्रिय एकताको लागि राजसंस्थाः डा. लोहनी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १, २०७४
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रिय एकताको लागि राजसंस्थाः डा. लोहनी

सारांश

  • १ मंसिर, विराटनगर ।
  • एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.
  • प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकताको लागि भएपनि नेपालमा संवैधानिक राजसंस्था कायम गरिनुपर्ने बताएका छन् ।

१ मंसिर, विराटनगर । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकताको लागि भएपनि नेपालमा संवैधानिक राजसंस्था कायम गरिनुपर्ने बताएका छन् ।

राजसंस्था विना नेपालमा स्थायी शान्ति र मुलुकको समृद्धि पूरा नहुने भएकाले पनि नेपालमा राजसंस्था अनिवार्य रहेको उनले बताए ।

विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डा. लोहनीले राजसंस्थालाई राष्ट्र प्रमुखको रुपमा राख्नुपर्ने बताए ।

‘राजसंस्था सहितको हिन्दु राष्ट्रको नेपालको पहिचान हो यसलाई मेट्न मिल्दैन, लाखौं नेपालीको आस्थाको धरोहरको रुपमा रहेको राजसंस्थासहित हिन्दू राष्ट्र कायम गरिनुपर्छ,’ डा. लोहनीले भने ।

डा. लोहनीले अहिले मुलुकको प्रमुख शत्रु भ्रष्टाचार भएको बताए । भ्रष्टाचारीको जालोमा तीन ठूला पार्टी एमाले, माओवादी र नेपाली कांग्रेसका नेताहरु भ्रष्टाचारीको कमिसनमा हिस्सेदार भएकाले मुलुकमा भ्रष्टाचार मौलाएको उनले आरोप लगाए ।

‘नेपाल सरकारले व्याप्त भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने हो तर अहिले भ्रष्टाचारीको सञ्जालले नेपाल सरकारलाई नियन्त्रणमा राखेको छ,’ डा. लोहनीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?