राष्ट्रिय युवा शक्तिमा लोहनी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रिय युवा शक्तिमा लोहनी

सारांश

  • काठमाडौँ, ८ फागुन,एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को जनवर्गीय संगठन राष्ट्रिय युवा शक्तिको फणिराज लोहनी (राजु) को अध्यक्षतामा गठन भएको छ ।
  • उपाध्यक्षमा राजकुमार श्रेष्ठ र राजन लामा तथा महामन्त्रीमा सुरेन्द्र सेढाइ, सुभानसिंह राई र विनोद बानियाँ हुनुहुन्छ भने कोषाध्यक्षमा सुदर्शन सिलवाललाई मनोनयन गरिएको छ ।
  • सदस्यमा विष्णु पाण्डे, गोविन्द नगरकोटी र अकलबहादुर तामाङ हुनुहुन्छ ।

काठमाडौँ, ८ फागुन,एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को जनवर्गीय संगठन राष्ट्रिय युवा शक्तिको फणिराज लोहनी (राजु) को अध्यक्षतामा गठन भएको छ ।

उपाध्यक्षमा राजकुमार श्रेष्ठ र राजन लामा तथा महामन्त्रीमा सुरेन्द्र सेढाइ, सुभानसिंह राई र विनोद बानियाँ हुनुहुन्छ भने कोषाध्यक्षमा सुदर्शन सिलवाललाई मनोनयन गरिएको छ ।

सदस्यमा विष्णु पाण्डे, गोविन्द नगरकोटी र अकलबहादुर तामाङ हुनुहुन्छ । बाँकी छ केन्द्रीय सदस्य समावेशी आधारमा भूगोल र क्षेत्रको सन्तुलन मिलाएर मनोनयन गरिनेछ ।

नवगठित संगठनका अध्यक्ष लोहनीले आगामी दिनमा देशभर तदर्थ समिति गठन गरी युवा बेरोजगारीका समस्या समाधान तथा युवा सशक्तीकरणका लागि गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो ।

मुलुकमा भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रमा दबाब दिने र पार्टीको निर्देशनमा देशैभर संगठन सुदृढीकरणमा क्रियाशील रहने उहाँले बताउनुभयो ।

डा प्रकाशचन्द्र लोहनी नेतृत्वमा रहेको सो पार्टीले अर्को जनवर्गीय संगठनका रुपमा चाँडै महिला संगठन गठन गर्ने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
स्थलगत रिर्पोटिङ: के लाप्चीका नागरिक नेपाली होइनन् र ?
स्थलगत रिर्पोटिङ: के लाप्चीका नागरिक नेपाली होइनन् र ?
सिन्धुलीमा ३५ र चितवनमा ३६ प्रतिशत मत खस्यो
सिन्धुलीमा ३५ र चितवनमा ३६ प्रतिशत मत खस्यो
विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ
विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ
फेसबुकमा राष्ट्रपतिको आलोचना गर्ने व्यक्ति पक्राउ
प्रचण्डका छोरा प्रकाशलाई हृदयघात, निर्भिक अस्पतालमा भर्ना
प्रचण्डका छोरा प्रकाशलाई हृदयघात, निर्भिक अस्पतालमा भर्ना
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३

तपाईंले छुटाउनुभयो कि?