राष्ट्रिय सभा निर्वाचनमा खटिए कर्मचारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १, २०७४
|
|
५५ पटक हेरिएको
Shares
राष्ट्रिय सभा निर्वाचनमा खटिए कर्मचारी

सारांश

  • जनकपुरधाम : प्रदेश नम्बर २ मा राष्ट्रियसभा निर्वाचनको तयारी सुरु भएको छ।
  • सरकारले यो प्रदेशका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरमा स्थापना गरेपछि राष्ट्रियसभा निर्वाचन तयारी सुरु भएको हो।
  • राष्ट्रियसभा सदस्य चयनका लागि मतदान कार्यालयकै प्रांगणमा गर्ने योजनाअनुसार आइतबारदेखि तयारी थालेको सहायक मुख्य निर्वाचन अधिकृत राधाकान्त झाले जानकारी दिएका छन्।

जनकपुरधाम : प्रदेश नम्बर २ मा राष्ट्रियसभा निर्वाचनको तयारी सुरु भएको छ। सरकारले यो प्रदेशका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरमा स्थापना गरेपछि राष्ट्रियसभा निर्वाचन तयारी सुरु भएको हो।

राष्ट्रियसभा सदस्य चयनका लागि मतदान कार्यालयकै प्रांगणमा गर्ने योजनाअनुसार आइतबारदेखि तयारी थालेको सहायक मुख्य निर्वाचन अधिकृत राधाकान्त झाले जानकारी दिएका छन्। यही माघ २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचन तयारीमा यहाँ ११ जना कर्मचारी खटिएका छन्। स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई निर्वाचनमा खटाइए पनि राष्ट्रियसभाका लागि जिल्ला निर्वाचन कार्यालयका कर्मचारी मात्र खटिने भएका छन्।

राष्ट्रियसभा सदस्य चयनका लागि आठ जिल्लाका प्रदेशसभा सदस्यसहित एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिकाका मेयर, उपमेयर र ५१ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्। यो प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि तीन सय ७९ जना मतदाता छन्।

प्रदेश २ बाट आठ सदस्य राष्ट्रियसभामा निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिएका छन्। तीन खुला, तीन महिला, एक अल्पसंख्यक र एक अपांगता भएकाबाट राष्ट्रियसभामा चुनिनेछन्।

प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनको तयारी
० माघ २४ गते हुने निर्वाचन तयारीमा ११ कर्मचारी खटिए
० प्रदेश २ बाट आठ सदस्य राष्ट्रियसभामा निर्वाचित हुने

० आठ जिल्लाका प्रदेशसभा सदस्यसहित ३७९ जना मतदाता

० माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम

निर्वाचन आयोगले माघ ७ गते राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्नेछ। दाबी, विरोधको कार्यक्रम पनि सोही दिन रहने जनाइएको छ। माघ ८ र ९ गते उजुरीमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन
ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
जडीबुटी उद्योग बन्द
जडीबुटी उद्योग बन्द
घर बनाउने क्रममा लडेर मृत्यु…
घर बनाउने क्रममा लडेर मृत्यु…
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु
पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै
पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै
एक वर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी, १ सय ३१ वटा मुद्दा दायर
एक वर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी, १ सय ३१ वटा मुद्दा दायर
विश्वकप क्रिकेटः भारतको नजर सेमिफाईनल, इंग्ल्याण्ड ‘गर या मर’को स्थितिमा
विश्वकप क्रिकेटः भारतको नजर सेमिफाईनल, इंग्ल्याण्ड ‘गर या मर’को स्थितिमा
सञ्चारमन्त्री बाँस्कोटाको कटाक्षः कांग्रेस दिनभरि विपि रात परेपछि विप्लव
सञ्चारमन्त्री बाँस्कोटाको कटाक्षः कांग्रेस दिनभरि विपि रात परेपछि विप्लव
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध (फाेटाे फिचर)
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध (फाेटाे फिचर)

तपाईंले छुटाउनुभयो कि?