राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १४, २०८०
|
|
५६ पटक हेरिएको
Shares
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

सारांश

  • काठमाडौँ ।
  • सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।
  • आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता रेखा शर्माले बताइन् ।

काठमाडौँ । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता रेखा शर्माले बताइन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गतेसम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ ।

दवाडी सचिवमा बढुवा

सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव त्रय सरिता दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो ।

अस्थायी आवास बनाउन सेना र प्रहरीलाई खटाउने

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सरकारले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने भएको छ । गत कात्तिक १७ मा रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको जाजरकोट र रुकुम पश्चिममा आवास बनाउन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो।

राहत र उद्धारको तुलनामा अस्थायी आवास ढिला भएको निष्कर्षसहित प्रभावित जिल्लाको सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘जनशक्ति अपुग भए प्रजिअको मागका आधारमा थप जनशक्ति बाहिरबाट पठाउने निर्णय भएको छ’, शर्माले भनिन् ।

सैनिक विशेष अदालतमा लेखनाथ पौडेल

सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश लेखनाथ पौडेललाई तोकेको छ । मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाजको जिम्मा दिएको एक मन्त्रीले बताए । सैनिक अदालतमा तीन न्यायाधीशको इजलास रहने व्यवस्था छ । जसमा दुई जना सैनिक प्राड विभागबाट सहभागी हुन्छन् । सैनिक कोट मार्सलका लागि इजलासले काम गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज बनाउने
काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज बनाउने
सभामुखलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै
सभामुखलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
अर्को वर्ष वैशाख डे लुम्बिनीमै मनाउने प्रधानमन्त्रीको उद्घोष
अर्को वर्ष वैशाख डे लुम्बिनीमै मनाउने प्रधानमन्त्रीको उद्घोष
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की
सिन्धुपाल्चोक-१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि
सिन्धुपाल्चोक-१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
मेरो अधिकार अस्पातलमा छ
मेरो अधिकार अस्पातलमा छ
बैतडीका ६ स्थानीय तहमा  एमालेको अग्रता
बैतडीका ६ स्थानीय तहमा एमालेको अग्रता

तपाईंले छुटाउनुभयो कि?