सिन्धुपाल्चोक-१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ६, २०७९
|
|
५२ पटक हेरिएको
Shares
सिन्धुपाल्चोक-१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि

सारांश

  • सिन्धुपाल्चोक।
  • सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ।
  • प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा (एमाले)का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ।

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा (एमाले)का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ।

त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गरेका छन्।

क्षेत्र नं १ प्रदेस १ मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल दुई हजार १६३ नेकपा एमालेका अमान सिं तामाङले एक हजार २४८ मत प्राप्त गरेका छन्। त्यस्तै समानुपातिक मत गणना पनि जारी रहेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए।

सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन्। जारी मतगणनामा बस्नेतले दुई हजार दुई सय ३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले एक हजार दुई सय ८६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको पानी कतारमा निर्यात गर्न छलफल
नेपालको पानी कतारमा निर्यात गर्न छलफल
हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा
हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा
एमालेको संकल्प यात्राका उपलब्धि सार्वजनिक
एमालेको संकल्प यात्राका उपलब्धि सार्वजनिक
अभिनय बाहेक रेष्टुरेन्ट व्यवसायमा आवद्ध नेपाली अभिनेत्रीहरु
अभिनय बाहेक रेष्टुरेन्ट व्यवसायमा आवद्ध नेपाली अभिनेत्रीहरु
हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए
फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो :  प्रधानमन्त्री
फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री
कञ्चनपुर घटनाका घाइतेको उपचार सरकारले गर्ने
कञ्चनपुर घटनाका घाइतेको उपचार सरकारले गर्ने
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै,  यस्तो छ भाडादर
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै, यस्तो छ भाडादर
मोबाइलको स्क्रिन लक/पासवार्ड बिर्सनुभयो ? चिन्ता नगर्नुस् अब यसरी तपार्इं आफैँ खोल्न सक्नुहुनेछ
मोबाइलको स्क्रिन लक/पासवार्ड बिर्सनुभयो ? चिन्ता नगर्नुस् अब यसरी तपार्इं आफैँ खोल्न सक्नुहुनेछ

तपाईंले छुटाउनुभयो कि?