भन्सार छलेर आयात गरिएका ६४ खसी बरामद

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
भन्सार छलेर आयात गरिएका ६४ खसी बरामद

सारांश

  • भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
  • कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा गएराति करीब १२ः०० बजे कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार नियन्त्रणमा लिइएका रु आठ हजारका दरले रु पाँच लाख १२ हजार बराबरका छन् ।

भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा गएराति करीब १२ः०० बजे कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिइएका रु आठ हजारका दरले रु पाँच लाख १२ हजार बराबरका छन् । आवश्यक अनुसन्धानपश्चात् ट्रक चालक कृष्णप्रसाद पराजुलीसहित बरामद् खसीसहित भन्सार कार्यालय नेपालगञ्ज पठाइएको छ । नेपालगञ्ज नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ । सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याइएका पशुपक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका तस्करी हुन थालेको छ ।

नेपालगञ्जस्थित पशु क्वारेन्टाइन चेकपोष्टले ‘क्वारेन्टाइन नगर्ने’ भएपछि व्यापारीले छोटी नाकाबाट खसीबोका तस्करी गरेर नेपालगञ्ज ल्याउने गरेको पाइएको छ । अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो पक्राउ गर्ने गरेको छ । दुई हप्ताअघि पनि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका ३९ खसीबोका सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्तीसोनारी गाउँपालिका वडा नं ४ बैजापुरबाट रु तीन लाख २० हजार बराबरका ३९ खसीबोका नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षा अझै २ दिन जारी रहने
वर्षा अझै २ दिन जारी रहने
प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु
प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
अाफुले  नियुक्ति गरेका प्रदेश प्रमुख बचाउन नेपाली काँग्रेस अदालत जाने तयारी
अाफुले नियुक्ति गरेका प्रदेश प्रमुख बचाउन नेपाली काँग्रेस अदालत जाने तयारी
शोधनान्तर स्थिति ९७ अर्बले बचतमा
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना: लमजुङको राइनासका तत्कालीन ६ वडाध्यक्ष र कर्मचारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना: लमजुङको राइनासका तत्कालीन ६ वडाध्यक्ष र कर्मचारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित
भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित
आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
उपराष्ट्रपति पुन स्वदेश फीर्ता
उपराष्ट्रपति पुन स्वदेश फीर्ता

तपाईंले छुटाउनुभयो कि?