राष्ट्रिय स्वतन्त्र पाटीको उपत्याका भेला कार्यक्रम भोली खुलामञ्चमा
सारांश
- देश बनाउने नाममा आफु मात्रै बने ।
- देश परिवर्तनको नारा बोकेर भोट माग्नेहरु आँफै परिवर्तन भए ।
- देश र जनताका सवालमा कहिल्यै लागेनन मात्रै अश्वासन दिए ।
देश बनाउने नाममा आफु मात्रै बने । देश परिवर्तनको नारा बोकेर भोट माग्नेहरु आँफै परिवर्तन भए । देश र जनताका सवालमा कहिल्यै लागेनन मात्रै अश्वासन दिए । कार्यकर्तालाई प्रभावमा पारेर आफ्नो भजन मात्रै गाउन लगाए जनतालाई भुलभुलैयामा पारीरहे । स्वार्थका खातिर ठेकेदार,व्यापारी, शिक्षालय,स्वास्थ्य केन्द्र लगायत प्रयोग भैरहे । जनस्तर विकासमा लाग्नु पर्ने नेताहरु आफु र आफन्तको बिकास र उद्दारमा मात्रै केन्द्रित भए । स्वास्थ्य,शिक्षा,रोजगार चुनावी नारामा मात्रै सिमित भैरयो । यि र यस्ता ज्याजतिका खिलापमा देश भरी बाट आवाज उठि रहे । तर जनताका आवाजलाई एउटा कानले सेन्ने र अर्को कानले उडाइदिने सिलसिला कायम रइरयो । यिनै हैरानीले यी आवाजको केन्द्र बनाउन र जनताका आवाज सदन सम्म पुर्याउन भखरै दर्ता भएको नयाँ पाटी राष्ट्रिय स्वतन्त्र पाटी जन्म भयो ।
आगामी निर्वाचनलाई लछित गरी देशका सातै प्रेदेश र केही प्रमुख शहरमा उल्लेख्निय जन सहभागीता सहित राजनीतिक भेला र संघठन बनाउदै आएको राष्ट्रिय स्वतन्त्र पाटीको उपत्यका भेला कार्यक्रमा भोली काठमाडौंको खुलामञ्चमा हुँदैछ । काठमाडौं उपत्यकाका तिनै शहरमा बसोबास गर्दै आएका आम नागरिकलाई निमन्त्रणा गरियको उक्त भेलाले आगामी राजनीतिक दिशा राष्ट्रिय स्वतन्त्र पाटी तिर केन्द्रित गराउदै । पाटीका सभापति रवी लामिछानेका अनुसार खुलामञ्चको उक्त भेलाले विशाल जनसहभागीत मात्रै गराउने छैन देशमा सुनौलो युगको सुरुवात पनि हुँदैछ । उक्त उपत्यका भेलामा राष्ट्रिय स्वतन्त्र पाटी सँग प्रदेश सांसद बिराज भक्त श्रेष्ठ, वातावरणविद डा. अरनिको पाँडे, सत्याग्रही अभियन्ता पुकार बम, युवा नेता डा. (https://andeglobal.org/) प्रणय शम्शेर राणा , शिक्षाविद शिशिर खनाल,लगायतका वक्ताहरुले भेलालाई सम्बोधन गर्दैछन ।

प्रतिक्रिया