रुख कटान शुरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
४० पटक हेरिएको
Shares
रुख कटान शुरु

सारांश

  • खजुरा, ६ कात्तिक,बाँके जिल्लाको कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान सोमबारदेखि शुरु भएको छ ।
  • राप्ती पीडित सामुदायिक वनको टाँचा नं १३५ रुखलाई सङ्घीय सांसद महेश्वर गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीले आरा चलाएर रुख काट्न शुरु गर्नुभएको थियो ।
  • राप्तीपारि क्षेत्र बघौडामा विद्युत् पु¥याउने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाको धामपुरमा विद्युत्को सबस्टेशन निर्माण गरिए पनि कोहलपुरदेखि धामपुरसम्म विद्युत्को लाइन विस्तारका लागि वन क्षेत्रले अवरोध पु¥याउँदै आएको थियो ।

खजुरा, ६ कात्तिक,बाँके जिल्लाको कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान सोमबारदेखि शुरु भएको छ । राप्ती पीडित सामुदायिक वनको टाँचा नं १३५ रुखलाई सङ्घीय सांसद महेश्वर गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीले आरा चलाएर रुख काट्न शुरु गर्नुभएको थियो ।

राप्तीपारि क्षेत्र बघौडामा विद्युत् पु¥याउने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाको धामपुरमा विद्युत्को सबस्टेशन निर्माण गरिए पनि कोहलपुरदेखि धामपुरसम्म विद्युत्को लाइन विस्तारका लागि वन क्षेत्रले अवरोध पु¥याउँदै आएको थियो ।

नरैनापुर गाउँपालिकाका छ वटै वडा र राप्तीसोनारी गाउँपालिकाका केही वडामा विद्युतीकरणका लागि सबस्टेशन धामपुरसम्म ४५ मध्ये ५.३ किलोमिटर वन क्षेत्र पर्ने भएकाले अवरोध हुँदै आएको थियो ।

कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनका लागि कोहलपुरबाट सबस्टेशन धामपुरसम्म लैजाने बाटामा राप्ती पीडित सामुदायिक वन र समय भवानी समाुदायिक वनको २.२ हेक्टर वन क्षेत्रमा भएका सबै बाधाअड्काउ फुकुवा गरी ५ दशमलव ३ किमी रहेका २१४ रुख काट्न स्वीकृतिसँगै टाँचा लगाई रुख काट्न शुरु गरेपछि २०७५ चैतसम्म सो क्षेत्रमा विद्युतीकरण हुने भएको हो ।

बघौडा क्षेत्रमा विद्युतीकरणका लागि भएको लामो समयदेखिको प्रयासले मूर्तरूप पाएको र आउँदो चैतसम्ममा जुनसुकै अवस्थामा पनि बघौडा क्षेत्र विद्युतीकरण भएरै छाड्ने सांसद गहतराजले बताउनुभयो ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको पत्र
विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको पत्र
मतदाता परिचयपत्र वितरण सुरु
मतदाता परिचयपत्र वितरण सुरु
गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गर्दै बाबुराम
गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गर्दै बाबुराम
China launches crackdown on illegal cosmetic surgery
China launches crackdown on illegal cosmetic surgery
गोर्खाको एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा , बाबुराम कि नारायणकाजी भन्दै बाजी
गोर्खाको एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा , बाबुराम कि नारायणकाजी भन्दै बाजी
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
प्रभासको ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान
प्रभासको ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
टर्की र नेदरल्याण्डस् युरोकपको क्‍वाटरफाइनलमा प्रवेश
टर्की र नेदरल्याण्डस् युरोकपको क्‍वाटरफाइनलमा प्रवेश
काखीको कपालबाट करोडौं कमाउने युवतीलाई किन गाली गरिँदैछ ?
काखीको कपालबाट करोडौं कमाउने युवतीलाई किन गाली गरिँदैछ ?

तपाईंले छुटाउनुभयो कि?