बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस
सारांश
- काठमाडौं।
- जसपा छाडेर नयाँ दल खोलेका पूर्वप्रधानमन्त्री डा.
- बाबुराम भट्टराई र पूर्वमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटे ।
काठमाडौं। जसपा छाडेर नयाँ दल खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटे । उनीहरु आ आफ्नो चुनावी क्षेत्र सुरक्षित गर्न पुगेका थिए।
देउवासँगको भेटमा दुवै नेताले आफूहरुलाई गठबन्धनकै एउटा घटकका रुपमा लिनुपर्ने जिकिर गरे। चुनावी तालमेलमा आफूहले पनि निश्चित सिट पाउनुपर्ने माग गरेको बुझिएको छ।
आफूहरुले जितेको चुनावी क्षेत्रमा सिट पाउनुपर्ने दुवै नेताको माग थियो । त्यसबाहेक केही थप सिट पनि पाउनुपर्ने विषय उठाए । जवाफमा देउवाले तालमेलमा बाबुराम र महेन्द्र राय यादवलाई पनि समेट्ने आश्वासन दिए।
देउवालाई प्रधानमन्त्री बनाउन बाबुराम र महेन्द्र राय यादवको मतले पनि भूमिका खेलेको थियो। यही विषय दुवै नेताले जोड दिएर उठाए। आश्वासन पाएपनि बाबुराम र महेन्द्र राय यादवलाई सिट सुरक्षित गर्न सकस परेको छ ।
विशेषगरी गोरखाबाट चुनाव लडेका बाबुरामलाई बढी सकस देखिएको छ। उनी चुनाव लडेको क्षेत्रमा नारायणकाजी श्रेष्ठको पनि दाबी देखिएको छ। अर्कोतर्फ, चुनावी तालमेलमा नपरे बाबुरामलाई चुनाव जित्न निकै कठिन हुनसक्छ।
प्रतिक्रिया