रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २९, २०७४
|
|
४८ पटक हेरिएको
Shares
रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या

सारांश

  • शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गाैलामा समस्या देखिएको पाइएको छ ।
  • खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाको माध्यमबाट बाहिरिने हुँदा शरीरमा पानीको मात्रा कम भएर मिर्गाैलामा संक्रमण देखिएको हो ।
  • स्वास्थ्य मन्त्रालय र नेपाल किड्नी फाउण्डेशन, काठमाडौँको आयोजना र ब्रिज अफ लाइफ, अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गाैला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिमा मिर्गाैलामा समस्या देखिएको फाउण्डेशनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिनुभयो ।

शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गाैलामा समस्या देखिएको पाइएको छ ।

खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाको माध्यमबाट बाहिरिने हुँदा शरीरमा पानीको मात्रा कम भएर मिर्गाैलामा संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालय र नेपाल किड्नी फाउण्डेशन, काठमाडौँको आयोजना र ब्रिज अफ लाइफ, अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गाैला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिमा मिर्गाैलामा समस्या देखिएको फाउण्डेशनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिनुभयो ।

खासगरी किसान केन्द्रित यो शिविरमा लक्षित वर्गमा मुख्यतया जनचेतनाको मुख्य समस्या रहेको उहाँले बताउनुभयो । यसमध्ये पनि अधिकांस ५० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिमा मिर्गौलामा समस्या देखिएको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधारणमा मिर्गौला स्वस्थ राख्नुपर्ने विषयमा जनचेतनाको अभावसँगै मानिसको दैनिक खानपिन र बानी व्यहोरामा सुधार नहुनु र अनावश्यक तनावजस्ता कारणले उच्च रक्तचाप र मधुमेहको समस्या धेरैमा देखिएको डा बस्नेतले बताउनुभयो । उच्च रक्तचाप र मधुमेहको समस्या भएका अधिकांश बिरामीको मिर्गौलामा संक्रमण देखिएको समेत उहाँले बताउनुभयो ।

उहाँले मानिसले मिर्गौला स्वस्थ राख्न पानी तथा झोल पदार्थ बढी पिउने, खानपानमा ध्यान दिने र नियमित रक्तचाप, मधुमेह र मिर्गौलाको परीक्षण गराउनु जरुरी रहेको समेत बताउनुभयो ।

सर्वसाधारणलाई मिर्गौलाको निःशुल्क परीक्षणसँगै मिर्गौला स्वस्थ राख्न जनचेतना जगाउने उद्देश्यले नेपाल किड्नी फाउण्डेशनले देशका ग्रामीण क्षेत्रमा यस किसिमले निःशुल्क शिविर सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिनुभयो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ र १४ को नयाँगाउँमा दुई दिन र तिलोत्तमा नगरपालिकाको कोटिहवामा दुई दिन यो निःशुल्क शिविर सञ्चालन गरिएको छ ।

उहाँले रुपन्देहीका तीन स्थानमा सञ्चालन गरिएका शिविरबाट झण्डै एक हजार २०० जनाले निःशुल्क सेवा प्राप्त गरेको र यसक्रममा बिरामीलाई रोगअनुसारको निःशुल्क औषधिसमेत वितरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको हो : प्रधानमन्त्री ओली
न्युयोर्कमा हमला गर्ने आफ्ना सैनिक– आइएस, आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ– राष्ट्रपति ट्रम्प
न्युयोर्कमा हमला गर्ने आफ्ना सैनिक– आइएस, आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ– राष्ट्रपति ट्रम्प
मन्त्री पुनद्वारा चार गरीब विद्यार्थीलाई सहयोग
भूमि विधेयकविरुद्ध जसपा नेपालको जनजागरण कार्यक्रम भोलिदेखि रौतहटमा सुरु।
भूमि विधेयकविरुद्ध जसपा नेपालको जनजागरण कार्यक्रम भोलिदेखि रौतहटमा सुरु।
अवकाश नदिए कर्मचारीहरु अदालत जाने धम्की
अवकाश नदिए कर्मचारीहरु अदालत जाने धम्की
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
जुम्लामा पहिलो पटक मेरुदण्डको सफल अप्रेशन
जुम्लामा पहिलो पटक मेरुदण्डको सफल अप्रेशन
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
एउटै वडाबाट १५ करोडको आलु निर्यात
एउटै वडाबाट १५ करोडको आलु निर्यात

तपाईंले छुटाउनुभयो कि?