रुपन्देही-२: एमाले ह्याट्रिक दाउमा, कांग्रेस कमब्याकको कसरतमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १८, २०७४
|
|
४५ पटक हेरिएको
Shares
रुपन्देही-२: एमाले ह्याट्रिक दाउमा, कांग्रेस कमब्याकको कसरतमा

सारांश

  • १६ मंसिर, बुटवल ।
  • रुपन्देहीका अन्य क्षेत्रमा कांग्रेस र मधेसी दलहरुसँग प्रतिस्पर्धा गरिरहेको वाम गठबन्धनले क्षेत्र नम्बर २ लाई ‘सेफ जोन’मा राखेको छ ।
  • एमाले उपमहासचिव विष्णु पौडेल हृयाट्रिक जितको प्रयासमा छन् ।

१६ मंसिर, बुटवल । रुपन्देहीका अन्य क्षेत्रमा कांग्रेस र मधेसी दलहरुसँग प्रतिस्पर्धा गरिरहेको वाम गठबन्धनले क्षेत्र नम्बर २ लाई ‘सेफ जोन’मा राखेको छ । एमाले उपमहासचिव विष्णु पौडेल हृयाट्रिक जितको प्रयासमा छन् । स्थानीय तहको मत र माओवादीको साथले परिस्थिति उनको अनुकुलमा देखिन्छ ।

तर, पौडेललाई सजिलै जित्ने दिने पक्षमा कांग्रेस छैन । कांग्रेसले युवराज गिरीलाई उम्मेदवार बनाएको छ ।

गिरी कांग्रेसका पुराना नेता पुष्पानन्दका छोरा हुन् । नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा आएका गिरी यो पटक बुटवलमा कांग्रेसलाई ‘कमब्याक’ गराउने दाबी गर्छन् । बुटवलमा एमालेले विकास गर्न नसकेको र जनताको विश्वास आफूले जितेको भन्दै उनी भन्छन्, ‘यो पटक कांग्रेसको कमब्याक हुन्छ ।’

गिरीका प्रतिस्पर्धी एवं पूर्वअर्थमन्त्री एमाले नेता पौडेल भने आफ्नो जितप्रति ढुक्क देखिन्छन् । रुपन्देहीलाई विकासको नमूना बनाउने योजना सुनाउँदै उनले भने, ‘बुटवलबासीले मेरो विकल्प खोज्लान् जस्तो मलाई लाग्दैन ।’

प्रदेशसभातर्फ एमालेले लिला गिरी र निवर्तमान जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट कमा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंह र खमा काजीमान श्रेष्ठ उम्मेदवार छन् ।

सुकुम्बासीको भोट निर्णायक

बुटवलको निर्वाचनमा सुकुम्बासी भोटलाई निर्णायक मानिन्छ । चुनावी मैदानमा भएका सबै उम्मेदवारले सुकुम्बासीको मत तान्ने अनेक उपाय अपनाउने गरेका छन् ।

झण्डै १५ हजारको संख्यामा रहेका उनीहरुलाई निर्वाचनका बेला लालपूर्जा दिलाउने आश्वासन दिइन्छ । तर, जितेपछि फर्किएर नआउने गरेको उनीहरुको गुनासो छ ।

बुटवल उपमहानगरपालिकाका १९ वटा वडामध्ये सबैभन्दा धेरै मतदाता वडा नम्बर ११ देविनगरमा छ । सुकुम्बासी बस्ती रहेको यो वडामा १३ हजार ८८७ मतदाता छन् ।

हालै सम्पन्न स्थानीय निकायको निर्वाचन मत परिणामअनुसार एमाले-माओवादीको मत ३६ हजार दुई सय ७९ रहेको छ भने कांग्रेस-राप्रपाको २१ हजार पाँच सय ४१ छ । यो क्षेत्रमा जनमुक्तिले दुई हजार सात सय ४५ मत ल्याएको थियो । यहाँ १ लाख ५ हजार २ सय छ मतदाता रहेका छन् ।

विवेकशील साझा संगठन बनाउँदै

रुपन्देही २ मा विवेकशील साझा पार्टीबाट हरिकृष्ण अधिकारी चुनावी मैदानमा छन् । सु-संस्कृत राजनीति मार्फत् समृद्धि हासिल गर्ने उद्देश्यले चुनाव लडेको उनी बताउँछन् । तर, विवेकशील बुटवलमा भर्खर संगठन निर्माणको क्रममा रहेको पार्टी हो ।

नयाँशक्ति पार्टीका मनिकर कार्की उम्मेदवार छन् । एक दशकदेखि पत्रकारिता तथा लेखनमा संलग्न कार्की सबै पेशागत जिम्मेवारी छाडेर राजनीतिमा होमिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली राष्ट्र भाषा प्रति विदेशी बुद्धिजीवीको चिन्ता
नेपाली राष्ट्र भाषा प्रति विदेशी बुद्धिजीवीको चिन्ता
गगन थापाले भने, सभापतिले गुट बनाउनु विधान विपरित
गगन थापाले भने, सभापतिले गुट बनाउनु विधान विपरित
मुसा त लागेनन् भरतपुरको मतपत्रमा !
मुसा त लागेनन् भरतपुरको मतपत्रमा !
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि
कांग्रेसको जागरण अभियान सकियो, नेताको मतभेद सकिएन
कांग्रेसको जागरण अभियान सकियो, नेताको मतभेद सकिएन
पृथ्बीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति, किरण गुरुङ पछि हटे
पृथ्बीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति, किरण गुरुङ पछि हटे
नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल
नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल
कान्ति लोकपथमा आवागमन पूर्ण रूपमा बन्द
कान्ति लोकपथमा आवागमन पूर्ण रूपमा बन्द
दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही
दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही

तपाईंले छुटाउनुभयो कि?