रुसमा भिजा र मास्टरकार्ड सेवा बन्द
सारांश
- बैंकसँग सम्बन्धित भिजा र मास्टरकार्ड कम्पनीले आज आइतवारदेखि रुसमा सेवा बन्द गरेका छन् ।
- विश्वव्यापी विद्युतीय भुक्तानी सञ्जाल भएका भिजा र मास्टरकार्ड कम्पनीले रुसमा सेवा बन्द गरेका रोयटर्सले जनाएको छ ।
- रुसमा दर्ता भएका भिजा र मास्टरकार्ड आजदेखि रुस र रुसबाहिर पनि चल्ने छैनन् ।
बैंकसँग सम्बन्धित भिजा र मास्टरकार्ड कम्पनीले आज आइतवारदेखि रुसमा सेवा बन्द गरेका छन् । विश्वव्यापी विद्युतीय भुक्तानी सञ्जाल भएका भिजा र मास्टरकार्ड कम्पनीले रुसमा सेवा बन्द गरेका रोयटर्सले जनाएको छ ।
रुसमा दर्ता भएका भिजा र मास्टरकार्ड आजदेखि रुस र रुसबाहिर पनि चल्ने छैनन् । युक्रेनमाथिको आक्रमण रोक्नका लागि दबाब दिन सेवा बन्द गरेको कम्पनीले जनाएको छ । भिजा इन्क र मास्टरकार्ड इन्क अमेरिकी कम्पनी हुन् । भिजा र मास्टरकार्डको निर्णयलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गरेको रोयटर्सले जनाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ११ औँ दिन आइतवार पनि राजधानी किएभ सहित विभिन्न सहरहरूमा आक्रमण भइरहेको छ । शनिवार अस्थायी युद्धविराम घोषणा गरिएका युक्रेनका दुई सहरमा पनि आक्रमण भइरहेको बीबीसीले जनाएको छ । कतिपय युक्रेनी सहरहरूका पानी र बिजुली सेवा बन्द भएका छन् ।
दुई देशबीच युद्ध सुर भएपछि झन्डै १५ लाख जना मानिस युक्रेनबाट विस्थापित भएका रोयटर्सले जनाएको छ । भोलि सोमवार रुस र युक्रेनका प्रतिनिधीबीच तेस्रो चरणको वार्ता हुँदैछ ।
प्रतिक्रिया