रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १९, २०७७
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी, १९ साउन ।
  • रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोना भाइरसको खोप उत्पादन गर्ने भएको छ ।
  • सन् २०२१ को शुरुवातभित्रै खोप उत्पादन गर्ने रुसी मन्त्री डेनिस मान्टुरोभले बताएका छन् ।

एजेन्सी, १९ साउन । रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोना भाइरसको खोप उत्पादन गर्ने भएको छ । सन् २०२१ को शुरुवातभित्रै खोप उत्पादन गर्ने रुसी मन्त्री डेनिस मान्टुरोभले बताएका छन् ।

रुसी समाचार संस्था ताससँगको कुराकानीमा मान्टुरोभले सन् २०२१ को शुरुवातभित्र दशौं लाख डोज खोप उत्पादन हुने खुलासा गरे । रुसी समाचार संस्था ताससँगको अन्र्तवार्तामा उनले स्वास्थ्य सेवामा आवश्यता अनुसार भ्याक्सिन उत्पादन गर्ने बताए ।

गेमिलिया नेस्नल रिसर्च सेन्टरले खोपको विकास गरिसकेको । तेस्रो चरणको परीक्षण सकिएपछि सेप्टेम्बरबाट उसले व्यवसायिक उत्पादन शुरु गर्नेछ । रुसको १८ वटा रिसर्च संस्थामा २८ वटाले फरक विकल्पसहितको भ्याक्सिन विकासका लागि प्रयास गरिरहेका छन् ।

(ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?