रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
४० पटक हेरिएको
Shares
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने

सारांश

  • अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर पुगेको छ ।
  • रुस-युक्रेन युद्धले तेलको मूल्य यो हदसम्म बढेको हो ।
  • युक्रेन संकट भएपनि रुसी कच्चा तेलमा प्रतिबन्ध लागिसकेको छैन ।

अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर पुगेको छ । रुस-युक्रेन युद्धले तेलको मूल्य यो हदसम्म बढेको हो । युक्रेन संकट भएपनि रुसी कच्चा तेलमा प्रतिबन्ध लागिसकेको छैन ।

यदि पश्चिमा देशहरुले रुसी कच्चा तेलमा प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलरभन्दा बढी पर्न जाने विश्लेषण हुन थालेको छ । आयलप्राइसले यस्तो विश्लेषण गरेको हो ।
रुसले विश्व बजारको कच्चा तेलको कुल उत्पादनमध्ये १० प्रतिशत हिस्सा राख्दछ । यसमाथि पश्चिमा देशले प्रतिबन्ध लागेमा उत्पादन घट्न गई मूल्य झन् बढ्छ ।

रुसी तेलमा प्रतिबन्ध लागेमा नेपालमा ठूलो असर पर्न सक्छ । भारतले रुसबाट पनि तेल आयात गर्दछ । नेपालले भारतको इन्डियन आयल कर्पोरेशनबाट तेल खरिद गर्दछ ।

अहिले नेपाल आयल निगमले प्रति लिटर पेट्रोल १५० रुपैयाँले विक्री गर्दा पनि १६ रुपैयाँ प्रति लिटर घाटा रहेको जनाएको छ । १०० डलर प्रति ब्यारल पुग्दाको यो घाटा हो ।

प्रति ब्यारल १५० डलर पुगेमा आयल निगमले कम्तिमा पनि प्रति लिटर २०० रुपैयाँले बेच्नुपर्ने हुन्छ या त प्रति लिटर ५० रुपैयाँभन्दा बढी घाटा व्यहोर्नुपर्ने हुन्छ ।

सरकारले पेट्रोलियम पद्धार्थमा लिदै आएको विभिन्न कर मिनाहा गर्दा पनि पेट्रोलको मूल्य १५० भन्दा कमले बेच्न नसक्ने अवस्था बन्ने स्थिति निर्माण हुन लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’
हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’
इकु भोजपुरी डान्सर ले मलेसिया तताउने तयारी पूरा:अब २ दिन बाकी
इकु भोजपुरी डान्सर ले मलेसिया तताउने तयारी पूरा:अब २ दिन बाकी
चितवन पुगेर प्रचण्डले गरे मन्त्रीकाे हेरफेर हुन सक्ने संकेत
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम खारेज !
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?
सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?
नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ
नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ
बार्सिलोनालाई चुनौती दिन तयार आयाक्सले जित्यो घरेलु लिग
बार्सिलोनालाई चुनौती दिन तयार आयाक्सले जित्यो घरेलु लिग
अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह
अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?

तपाईंले छुटाउनुभयो कि?