रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १७, २०७६
|
|
५७ पटक हेरिएको
Shares
रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु

सारांश

  • बिराटनगर।
  • विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ।
  • स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो।

बिराटनगर। विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ। स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो। शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताए।

बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने हुन्छ। कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन चाहेमा उसले जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ। अभियान शुरु भएको आज १० दिन भएको भन्दै धाडेवालले दैनिक ७०० देखि एक हजार जनासम्मले खाना खाने गरेको बताए।

क्याटरिङ सहयोगी तिरुपति क्याटरिङमार्फत खाना खुवाउने अभियान स्थानीय नन्दु तपडिया, युवा उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरिरहनुभएको छ । “दिनको करिब रु १७ हजार खर्च हुन्छ”, अभियानकर्मी धाडेवालले भने, “यो अभियान अब सधै‌ रहन्छ, यसका लागि सहयोगीले नाम लेखाइसकेका छन्।” एक जना सहयोगीले एक दिनको जिम्मा लिएका छन्। यसबाट यो अभियान सञ्चालन गर्न कुनै कठिनाइ नहुने धाडेवालको जिकिर छ। “वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि ती मानिसको नाम दर्ता हुनेछ र सोहीअनुसार अभियानलाई कायम राखिने छ”, उनले भने।

सस्तोमा खाना खुवाउन शुरु गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको र कसैले आफूले खाएको तोकिएको रकमभन्दा बढी दिन खोजेमा सहयोगी पेटिकामा राख्ने गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गच्छदारले मागे गृहमन्त्री , मन्त्रिपरिषद् हेरफेरबारे कांग्रेसमा छलफल !
गच्छदारले मागे गृहमन्त्री , मन्त्रिपरिषद् हेरफेरबारे कांग्रेसमा छलफल !
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
आजदेखि बडादसैं सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
आजदेखि बडादसैं सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
अनुष्कालाई किन एकछिन पनि छोड्न सक्दैनन् विराट ?
अनुष्कालाई किन एकछिन पनि छोड्न सक्दैनन् विराट ?
एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा
एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा
गोरखा स्कूल तुलसीपुरमा इन्ट्रयाक्ट क्लव पुनर्गठन
गोरखा स्कूल तुलसीपुरमा इन्ट्रयाक्ट क्लव पुनर्गठन
चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो
चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो
नेकपाका नेता नेपाल चीन प्रस्थान
नेकपाका नेता नेपाल चीन प्रस्थान
‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’
‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’

तपाईंले छुटाउनुभयो कि?