रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ११, २०८०
|
|
४० पटक हेरिएको
Shares
रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको छ ।
  • रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्टहरूका अनुसार इलुसिन-७६ नामको यो सैन्य यातायात विमानमा करिब ७४ जना सवार थिए जसको मृत्यु भएको छ ।

काठमाडौं । युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्टहरूका अनुसार इलुसिन-७६ नामको यो सैन्य यातायात विमानमा करिब ७४ जना सवार थिए जसको मृत्यु भएको छ ।

बीबीसी संवाददाता स्टिभ रोजेनबर्गले विमानमा ६५ जना युक्रेनी युद्धबन्दी रहेको र उनीहरुलाई आदानप्रदानका लागि लगिएको बताए । उक्त विमानमा ६ जना चालक दलका सदस्य र तीन सहायक पनि थिए ।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा विमान तल खसिरहेको र त्यसपछि विस्फोट भएको देखिन्छ । बेल्गोरोडका गभर्नरले विमान दुर्घटनाबारे आफूलाई जानकारी रहेको बताए तर थप विवरण भने दिएनन्।

रुसी रक्षा मन्त्रालयले ‘इलुसिन–७६’ सैन्य यातायात विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ ।

रुसको सरकारी समाचार एजेन्सी आरआईए नोवोस्तीले जनवरी २४ मा आफ्नो टेलिग्राम च्यानलमा लेखेअनुसार रक्षा मन्त्रालयले विमानमा चालक दलका ६ सदस्य र तीन सहायक पनि रहेको जानकारी दिएको छ ।

बेल्गोरोभ प्रान्तीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले पनि आफ्नो टेलिग्राम च्यानलमा सोरोचान्स्की जिल्लामा घटना भएको बताए।

स्थानीय च्यानल ब्लेटगोरोभले एक भिडियो पोस्ट गरेको छ, जसमा अचानक एउटा विमान तल खसेर जमिनमा ठोक्किएको देखिन्छ। यसपछि आगो लाग्यो ।

रुसी संसदका सदस्य तथा सेवानिवृत्त जनरल आन्द्रेई कार्तपोलोभले दुर्घटनाग्रस्त विमानमा तीनवटा मिसाइल प्रहार भएको बताएका छन् । उनले यी क्षेप्यास्त्रहरू पश्चिमी देशहरूले युक्रेनलाई दिएजस्तै भएको दाबी गरेका छन्।

कार्तपोलोभले आफूले यो जानकारी कहाँबाट पाएको बताएनन्, न त उनले आफ्नो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रदान गरे। ती ‘प्याट्रियट’ मिसाइल हुन् वा ‘आइरिस–टी’ हुन् भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए ।

बीबीसीले यो रुसी विमान इलिसिन-७६ भएको पत्ता लगाएको छ। दुर्घटनाको भिडियो नयाँ हो र बेल्गोरोड प्रान्तको याब्लोनोभो गाउँमा खिचिएको हो।

जब बीबीसी भेरिफाइले दुर्घटनाको भिडियोलाई नजिकबाट हेर्यो, यसले निलो भवन र एउटा चर्च देखाएको थियो। गुगल नक्सामा सडक दृश्यको सहयोगमा यी ठाउँहरू मिलाउँदा यब्लोनोभो गाउँका मात्रै भेटिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगले खारेज गरेको तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दियो आन्तरिम आदेश
निर्वाचन आयोगले खारेज गरेको तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दियो आन्तरिम आदेश
‘काठमाडौंमा मतदान शान्तिपूर्ण’
‘काठमाडौंमा मतदान शान्तिपूर्ण’
गोदावरी खोलाले जीप बगायो, खोलामा पानी बढेपछि स्थानीय नाकाबन्दीमा
गोदावरी खोलाले जीप बगायो, खोलामा पानी बढेपछि स्थानीय नाकाबन्दीमा
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
नारायणीको जल सतह अझै सतर्कता तहमाथि
नारायणीको जल सतह अझै सतर्कता तहमाथि
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की
बेपत्ता बाबु खोज्दै छोराछोरी
बेपत्ता बाबु खोज्दै छोराछोरी
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम सार्वजनिक हुँदै ,
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम सार्वजनिक हुँदै ,
कांग्रेसको बलियो पक्ष भनेको  प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
कांग्रेसको बलियो पक्ष भनेको प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
Shweta Tripathi and Chaitanya Sharma host a pre-wedding bash for their industry friends, see pics
Shweta Tripathi and Chaitanya Sharma host a pre-wedding bash for their industry friends, see pics

तपाईंले छुटाउनुभयो कि?